३१ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षाको सम्भावना सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक १३.४८ अंकले गिरावट



अ+ अ-

काठमाडौँ । साताको दोस्रो कारोबार दिन शेयर बजार मापक नेप्से परिसूचक साँढे १३ अंकले गिरावट आएको छ । 

आईतबार १०५.५५ अंकले वृद्धि भएको नेप्से परिसूचक सोमबार भने १३.४८ अंक घटेर २ हजार ८७२.०५ विन्दुमा झरेको छ । त्यस्तै सोमबार सेन्सेटिभ इण्डेक्स ०.०८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२३ अंकले घटेको छ ।

आज कारोबारमा आएका २२५ कम्पनीको १ करोड १ लाख ५ हजार कित्ता शेयर ५ अर्ब १५ करोड ४१ लाख ७७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमबार नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ । आईतबार ६ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो ।

सोमबार १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा लगानी उपसमूहको परिसूचक २.१८ प्रतिशत बढेको छ  । अन्य उपसमूहको १.२८ प्रतिशत र लघुवित्तको ०.५५ अंक बढेको छ । तर विकास बैंक उपसमूहको परिसूचक भने सबैभन्दा धेरै २.१३ प्रतिशत घटेको छ । बैंकिङ्ग, वित्त, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

सोमबार नेप्से परिसूचकमा ओरालो लागे पनि ३ कम्पनीको शेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा फरवार्ड लघुवित्त, विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी रहेका छन । त्यस्तै, छ्याङ्दी हाइड्रोपावर, न्यादी हाइड्रोपावर, सिभिल लघुवित्त, माउन्टेन हाइड्रो, पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य घटेको छ ।  आज कारोबार रकमका आधारमा ५७ करोड १२ लाख ७८ हजार रुपैयाँ बराबरको शेयर कारोबार  गरेर एचआईडिसीएल शीर्ष स्थानमा रहेको छ ।