• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo

दुर्गा प्रसाईको शक्ति प्रदर्शन आज : प्रचण्ड, देउवादेखि ओलीसम्मलाई निम्ता



file photo

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियानले आज काठमाडौंमा प्रदर्शन गर्दैछ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई साक्षी राखेर मेचीको काकडभिट्टाबाट सुरु गरेको नागरिक बचाउ अभियानले वार्षिकोत्सवको अवसर पारेर प्रदर्शन गर्न लागेको हो ।

प्रसाईंले आफूलाई कार्यक्रम गर्न टुंडिखेल उपलब्ध गराउन मागेका थिए । तर जिल्ला प्रशासन कार्यालयले त्यो ठाउँ उपलब्ध गराएन । उनलाई भृकुटीमण्डपमा कार्यक्रम गर्न अनुमति दिइएको छ । कार्यक्रमका लागि देशभरबाट मानिसहरु सहभागी हुने दाबी अभियानले गरेको छ ।

प्रसाईंले वार्षिकोत्सव कार्यक्रमका लागि विभिन्न राजनीतिक दलका नेताहरूलाई पनि बोलाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतलाई निम्तो पठाइएको छ ।

प्रसाईले यसअघि पूर्वराजा ज्ञानेन्द्र शाह कार्यक्रममा सहभागी हुने भनेर प्रचार गरेका थिए । उनलाई अभिनन्दन नै गर्ने भनिएको थियो । तर ज्ञानेन्द्र शाह उपस्थित नहुने भएका छन् । उनी आइतबार नै चितवन लागेका छन् ।

प्रसाईं नेतृत्वको अभियानले कार्यक्रमलाई ‘भव्य’ बनाउन भृकुटीमण्डपमा २३ लाख रुपैयाँ खर्च गरेर मञ्च सजाएको छ । भृकुटीमण्डपको ६ सय वर्गफिटमा यो तयारी भइरहेको अभियान सचिवालयले जनाएको छ ।

यसैबीच प्रसाईंले अभियानका क्रममा ३१ जना भ्रष्टाचारीको नाम सार्वजनिक गर्ने घोषणा गरेका छन् । १६ जना व्यापारी र बाँकी राजनीतिक दलका नेता रहेको बताइएको छ ।