२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

दुर्गा प्रसाईको शक्ति प्रदर्शन आज : प्रचण्ड, देउवादेखि ओलीसम्मलाई निम्ता

दुर्गा प्रसाईको शक्ति प्रदर्शन आज : प्रचण्ड, देउवादेखि ओलीसम्मलाई निम्ता
file photo
अ अ+ अ-

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियानले आज काठमाडौंमा प्रदर्शन गर्दैछ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई साक्षी राखेर मेचीको काकडभिट्टाबाट सुरु गरेको नागरिक बचाउ अभियानले वार्षिकोत्सवको अवसर पारेर प्रदर्शन गर्न लागेको हो ।

प्रसाईंले आफूलाई कार्यक्रम गर्न टुंडिखेल उपलब्ध गराउन मागेका थिए । तर जिल्ला प्रशासन कार्यालयले त्यो ठाउँ उपलब्ध गराएन । उनलाई भृकुटीमण्डपमा कार्यक्रम गर्न अनुमति दिइएको छ । कार्यक्रमका लागि देशभरबाट मानिसहरु सहभागी हुने दाबी अभियानले गरेको छ ।

प्रसाईंले वार्षिकोत्सव कार्यक्रमका लागि विभिन्न राजनीतिक दलका नेताहरूलाई पनि बोलाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतलाई निम्तो पठाइएको छ ।

प्रसाईले यसअघि पूर्वराजा ज्ञानेन्द्र शाह कार्यक्रममा सहभागी हुने भनेर प्रचार गरेका थिए । उनलाई अभिनन्दन नै गर्ने भनिएको थियो । तर ज्ञानेन्द्र शाह उपस्थित नहुने भएका छन् । उनी आइतबार नै चितवन लागेका छन् ।

प्रसाईं नेतृत्वको अभियानले कार्यक्रमलाई ‘भव्य’ बनाउन भृकुटीमण्डपमा २३ लाख रुपैयाँ खर्च गरेर मञ्च सजाएको छ । भृकुटीमण्डपको ६ सय वर्गफिटमा यो तयारी भइरहेको अभियान सचिवालयले जनाएको छ ।

यसैबीच प्रसाईंले अभियानका क्रममा ३१ जना भ्रष्टाचारीको नाम सार्वजनिक गर्ने घोषणा गरेका छन् । १६ जना व्यापारी र बाँकी राजनीतिक दलका नेता रहेको बताइएको छ ।