१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

८८ प्रतिशतलाई खोप, दुई हजारलाई ‘बुस्टर’ मात्रा

८८ प्रतिशतलाई खोप, दुई हजारलाई ‘बुस्टर’ मात्रा
अ अ+ अ-

बागलुङ । जिल्लाका १८ वर्षमाथिका ८८ प्रतिशत नागरिकले कोभिड–१९ विरुद्ध खोपको पहिलो मात्रा लगाएका छन् । स्वास्थ्य कार्यालयका अनुसार दुवै मात्रा खोप पाउनेको सङ्ख्या भने ७८ प्रतिशत छ । 

पहिलो मात्रा खोप लगाउने एक लाख ४४ हजार ९७० छन् भने दुवै मात्रा लगाउनेको सङ्ख्या एक लाख २८ हजार ५५९ छ । कार्यालय प्रमुख सुरज गुरौले १२ देखि १७ वर्ष भित्रका बालबालिका र किशोरकिशोरीलाई पनि खोप दिन सुरु गरिएको बताउनुभयो ।

सो उमेर समूहका २३ हजार दुई सय २८ जनाले मोडर्ना खोप पाइसकेको उहाँको भनाइ छ । कुल २७ हजारलाई लगाउने लक्ष्य लिइएकामा ८४ प्रतिशतले खोप पाइसकेका छन् । यसअघि खोपको दोस्रो मात्रा लगाएको छ महिना पुगिसकेका दुई हजार ३९ जनालाई बुस्टर मात्रा दिइएको प्रमुख गुरौले जानकारी दिनुभयो । 

कोभिसिल्ड र भेरोसेल खोप लगाएकाले त्यसकै थप मात्रा पाएका हुन् । पहिलो चरणमा अग्रभागमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, पत्रकारलगायतलाई बुस्टर मात्रा दिइएको हो । सरकारले ६० वर्षमाथिकालाई पनि बुस्टर मात्रा दिने नीति बनाएको छ । “खोप अभियान जिल्लाका दसै स्थानीय तहमा निरन्तर चलिरहेको छ”, प्रमुख गुरौले भन्नुभयो, “१२ वर्ष माथिका सबैले खोप पाउहुनुहन्छ ।”

उहाँका अनुसार खोपको अभाव हुने स्थिति अहिले छैन । सानो उमरेका बालबालिकाका लागि भने अहिलेसम्म खोप आइसकेको छैन । सरकारले आउँदो चैतभित्रमा सबै नेपालीलाई खोपको पहुँचमा ल्याउने भनेको छ । सबै उमेर समूहलाई लक्ष्य गरी खोप अभियान सञ्चालन भएमा यहाँका दुई लाख ५० हजार ५४४ जनालाई खोप दिनुपर्छ ।

खोपकै कारण कोरोना महामारीको तेस्रो लहर कम जोखिमपूर्ण देखिएको धवलागिरि अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले बताउनुभयो । उहाँका अनुसार यस चरणमा कोभिड–१९ ले थलिएर अस्पताल भर्ना हुनेको सङ्ख्या न्यून छ । 

“खोपले शरीरको प्रतिरोधी क्षमता बढाएका कारण सङ्क्रमण भइहाले पनि स्वास्थ्य जटिलता निम्तिएको छैन”, उहाँले भन्नुभयो, “अस्पताल भर्ना भएकाको अवस्था पनि सामान्य छ, अक्सिजन पनि कम मात्र दिए पुग्ने स्थिति छ ।” अस्पतालको आइसोलेशनकक्षमा अहिले चार जना सङ्क्रमित उपचाररत छन् ।

आईसियूमा भने कुनै पनि बिरामी छैनन् । सङ्क्रमण बढ्दै जाँदा अस्पतालमा बिरामी थपिन सक्ने प्रमुख चिकित्सक पोखरेललको भनाइ छ । पछिल्लो लहरमा अस्पतालकै १८ जना चिकित्सक/स्वास्थ्यकर्मी सङ्क्रमित भइसकेका छन् । प्रत्येक व्यक्ति जिम्मेवार भएर स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेमा सङ्क्रमण रोक्न सकिने उहाँको भनाइ छ ।  

स्वास्थ्य कार्यालयको आँकडाअनुसार हाल जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय ८३ छ । धवलागिरि अस्पतालको आइसोलेशनमा रहेका चार जनाबाहेक अरु सबै सङ्क्रमित होम आइसोलेशनमा छन् । पछिल्लो साता सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेर पाँच सय नाघेको हो ।