• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

पर्यटन व्यवसायी घिमिरेको ‘उनले जस्तै’ सार्वजनिक



चितवन । पर्यटन व्यवसायी सुमन घिमिरेको ‘उनले जस्तै’ बोलको गीत सार्वजनिक भएको छ । चर्चित गायक नरेन्द्र प्यासीको स्वर र सङ्गीत रहेको गीत सोमबार साँझ सार्वजनिक गरिएको हो । विशाल इन्टरटेनमेन्ट नामक युटुबमार्फत गीत सार्वजनिक गरिएको हो । 

गीतमा मायामा धोका खाएको प्रेमीले कल्पिएका कुराहरू समावेश गरिएको छ । गीतका रचनाकार घिमिरेका अनुसार एउटा प्रेमीकाले धोका दिएको प्रेमी फेरि अर्की प्रेमिकाले राखेको प्रेम प्रस्तावलाई अङ्गीकार गर्नुअघि कल्पना गरेका कुराहरूलाई गीतमा समेटिएको छ । 

विभिन्न पुस्तक प्रकाशन गरिसक्नुभएका घिमिरेले ‘उनले जस्तै।।’ उत्कृष्ट गीत रचना गर्नुभएको छ ।  घिमिरेको ‘मेरो बैँशको क्यालेण्डर’ कविता सङ्ग्रह र ‘मौनता’ उपन्यास प्रकाशित भइसकेका छन् । ‘सुनको टप’ नामक कविता सङ्ग्रह प्रकाशनको तयारीमा रहेको छ । 

सार्वजनिक गीतको भिडियो राज केसीको निर्देशन तथा रमेश थापाको सम्पादनमा तयार गरिएको घिमिरेले जानकारी दिनुभयो । रासस