१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

विकासको बाटो खोज्दै गण्डकीका मुख्यमन्त्री काठमाडौंमा, त्रिवेणी दुम्कीवास सडक खण्डको काम अगाडि बढ्यो

विकासको बाटो खोज्दै गण्डकीका मुख्यमन्त्री काठमाडौंमा, त्रिवेणी दुम्कीवास सडक खण्डको काम अगाडि बढ्यो
अ अ+ अ-

काठमाडौं । गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको त्रिवेणी कोरला सडकको त्रिवेणी दुम्कीवास खण्डको काम अगाडि बढ्ने भएको छ । 

दुम्कीवास त्रिवेणी २९ किलोमिटरमध्ये ८ किलोमिटर खण्ड चितवन राष्ट्रिय निकुन्जको केही भाग र मध्यवर्ती क्षेत्र पर्ने भएकाले काम अगाडि बढ्न सकेको थिएन । चितवन राष्ट्रिय निकुन्ज विश्व सम्पदा सूचीमा सूचीकृत भएकाले त्यहाँ विकासको कामका लागि युनेस्कोको स्वीकृत लिनुपर्ने हुन्छ ।

सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र संघीय सरकारका वन तथा वातावरण मन्त्री रामसहाय यादवबीच भएको भेटवार्तापछि उक्त सडकको काम अगाडि बढाउने निधो भएको हो । लामो समयदेखि अड्किएको फाइल सोमबार नै वन तथा वातावरण सचिव पेमनारायण कँडेलले सदर गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले दुम्किबासदेखि त्रिवेणी जोड्न बाटोको सपना अब साकार हुने अवस्थामा पुगेको भन्दै खुसी व्यक्त गरे । ‘दुम्किबासबाट त्रिवेणीका लागि हिजोको सरकारले पैसा छुट्यायो काम गर्न सकेन, किन सकेन भने निकुञ्जका कारणले सकेन, पैसा त जतिबेला पनि हामीसँग हुन्छ त्यसको लागि तर प्रक्रिया सुरु भएको छ, अब वातावरणीय प्रभाव अध्ययनको काम सुरु हुन्छ ।’ सुरुङ मार्ग वा फ्लाइ ओभर के बनाउने अध्ययनपछि टुंगो लाग्ने उनको भनाइ थियो । ८ किलोमिटर निकुञ्ज क्षेत्रमा सुरुङ मार्ग निर्माणका बारेमा समेत छलफल चलेको उनले बताए । यो खर्चिलो भएको भए पनि क्रमागत रुपमा गर्न सकिने उनको भनाइ छ ।

यो बाटोको महत्वका बारेमा मुख्यमन्त्री पोखरेलले सोमबार वन मन्त्रालयमै पुगेर मन्त्रीलाई अवगत गराएका थिए । त्यसलगत्तै सचिव कँडेलले फाइल सदर गरेका हुन् । मन्त्री यादवले भने, ‘हामी मुलुकको विकासका लागि अगाडि बढेका छौं, सानातिना समस्यामा अल्झेर हुँदैन, विकासका लागि निकास खोज्न हामी चुक्नु हुँदैन ।’

अब राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागले कामको सहमतिका लागि युनेस्कोमा लेखी, सडक विभागले वातावरणीय प्रभाव मूल्यांकन गर्ने र वन्यजन्तुमैत्री पूर्वाधार मापदण्ड अनुसार काम गर्ने गरी फाइल सदर गरिएको सचिव पेमनारायण कँडेलले जानकारी दिए । ३ महिनाभित्रमा युनेस्कोबाट सहमति आउने भएकाले त्यसै अनुसार सडक विभागमार्फत् काम अगाडि बढाउनका लागि पहल गर्न उनले मुख्यमन्त्रीसहितको टोलीसँग आग्रह गरे ।

सोमबार नै मुख्यमन्त्रीसहितको टोलीसँग कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवको भेटवार्ता भएको छ । तनहुँको दमौलीमा निर्माण हुन लागेको गोवद्र्धन शर्मा आँखा उपचार तथा अनुसन्धान केन्द्रका लागि जग्गा व्यवस्थानका बारेमा उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले जानकारी गराएका थिए । मन्त्री यादवले अहिले जग्गा प्राप्तिका लागि झन्झटिलो प्रक्रिया भए पनि अस्पतालको संवेदनशीलता हेरेर व्यवस्थापन गर्ने आश्वासन दिए । उनले लिज प्रक्रियाबाट भए पनि जग्गा व्यवस्थापन गर्ने र मंगलबार नै यसको प्रक्रिया अगाडि बढाउन सचिवालयलाई निर्देशन दिए ।

मुख्यमन्त्री पोखरेलले सोमबारै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशि श्रेष्ठसँग पनि भेट गरेका छन् । प्रदेश गौरवका आयोजनाका लागि जग्गा प्राप्ति प्रक्रिया निकै झन्झटिलो भएका कारण निकासका लागि उनले मन्त्री श्रेष्ठसँग आग्रह गरे । यसका अतिरिक्त सबै जिल्लाहरुमा भूमि आयोग गठनका लागि समेत मुख्यमन्त्रीले ध्यानाकर्षण गराएका छन् ।

मन्त्री श्रेष्ठले विगतमा दिनमा जेजस्तो भए पनि अब ती सबै गाँठोहरु फुकाएर अगाडि बढ्ने बताइन् । उनले भनिन्, ‘राष्ट्रहीत र जनहीतमा ल्याइएका विषयलाई रोक्ने कुरै हुँदैन, विषयवस्तुको गम्भीरतालाई हेरेर प्रक्रिया अगाडि बढाउन लगाउँछु ।’ ३ तहकै सकारले जग्गााको स्वामित्व खोज्नु व्यावहारिक नहुने भन्दै जग्गाको स्वामित्व केन्द्र भागमा राखेर भोगाधिकार दिन सकिने उनले भनाइ राखिन् ।

मुख्यमन्त्री पोखरेलले सोमबारै नेपाली कांंग्रेसका नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, पूर्व महामन्त्री डा. शशांक कोइरालासँग भेटेका छन् । उहाँहरुसँग प्रदेशको समग्र विकास र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको थियो ।

मुख्यमन्त्रीका साथमा राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्ले थिए ।

बजेटको अभावका कारण आयोजना अलपत्र पर्ने अवस्था आएका कारण मुख्यमन्त्रीसहितको टोलीले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डको ध्यानाकर्षण गराएको छ ।