• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo

सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाभियानको सहसंयोजकमा कँडेल र ढकाल चयन



काठमाडाैं । नेपाली कांग्रेस सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाभियान केन्द्रीय समन्वय समितिको सहसंयोजकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र नेता लोकेश ढकाल चयन भएका छन् । यसैगरी भानुभक्त ढकाललाई कोषाध्यक्ष चयन गरिएको छ ।

महाअभियानको संयोजक नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद शंकर भण्डारीको अध्यक्षतामा बसेको बैठकले सल्लाहकार परिषद्को संयोजकको जिम्मेवारी नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य लक्ष्मणप्रसाद घिमिरेलाई दिएको छ ।

यसैगरी बैठकले नेपाली कांग्रेसको आसन्न महासमिति बैठक अघि फागुन ५ गते काठमाडौंमा महासमितिमा उठाउन गर्ने प्रमुख एजेन्डासहितको महाअभियानको घोषणापत्र जारी गर्ने तय गरेको छ ।