१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

भातृ संस्थाहरुको महाधिवेशन गर्ने विषयमा पार्टी भित्र छलफल भईरहेको छः महामन्त्री शर्मा

भातृ संस्थाहरुको महाधिवेशन गर्ने विषयमा पार्टी भित्र छलफल भईरहेको छः महामन्त्री शर्मा
अ अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेविसंघलगायतका पार्टीका भातृ संस्थाहरुको महाधिवेशन सम्पन्न गर्ने विषयमा पार्टी भित्र छलफल भईरहेको बताउनु भएको छ । 

महामन्त्री शर्माले नेविसंघलगायतका भातृ संस्थाहरुको समस्या समाधान गरेर जाने विषयमा अर्का महामन्त्री गगनकुमार थापा र आफूले बढि जोड दिएको पनि बताउनु भयो । सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपा पुगेका नेविसंघका विद्यार्थी नेताहरुसँग कुरा गर्दै उहाँले भातृ संस्थाहरुमा देखिएको समस्या समाधानका लागि प्रक्रिया समेत अघि बढाइएको बताउनु भयो । नेविसंघका पूर्वअध्यक्ष समेत रहनु भएका उहाँले मुलुकको लोकतान्त्रिकरणसँगै विकास, निर्माणको प्रक्रियालाई तीव्रता दिन पनि नेविसंघ जस्ता संगठनहरु बलियो हुनुपर्नेमा आफूहरु सचेत रहेको पनि बताउनुभयो । 

महामन्त्री शर्माले भन्नु भयो, ‘भातृ संस्थाका समस्याहरु छन् । नयाँ आएका महामन्त्री कहाँ छन ? के छ ? हाम्रो बारेमा के सोचिरहेका छन ? भन्ने कुराहरु सामाजिक सञ्जालमा समेत आईरहेका छन । तर के बिर्सनु हुँदैन भने कुनै हस्पिटलमा नयाँ डाक्टर आयो भन्दैमा सबै विरामीहरुको समस्या एकैचोटी समाधान हुँदैन । प्रक्रियामा जान्छ । बाहिर धेरै बोलेर समाधान हुँदैन । मेरो नेचरको बारेमा म प्रवक्ता हुँदा पनि कम अन्तर्वार्ताहरु दिएको मान्छे हुँ । अहिले पनि म महामन्त्री भएपनि धेरै बोलेको छैन । बोल्ने वाला पनि छैन । 

त्यसकारण तपाईहरुको ईस्यूको बारेमा अहिले हामी छलफल गरिराखेका छौं । खासगरी हामी दुई महामन्त्री बसेर के गरेर जाने भन्ने कुरामा जोड छ । भातृ संस्थाहरुको बारेमा किन पनि जोड छ भने यो संगठनहरु बलियो बन्नु भनेको तपाईहरुको लागि होईन् । यो त नेशनको कष्टको कुरा हो । मुख्यकुरा सोसाईटीको डमोक्राईजेशन गर्न सकियो, व्यूरोक्रेसीको सकियो । मान्छेलाई लोकतान्त्रिकरण बनाउन सकियो भने नेपालको डेभलपमेन्टको प्रोसेसलाई बल पुग्छ । र त्यसका लागि नेविसंघ नमूना संगठन बन्नुपर्छ ।’

महामन्त्री शर्माले आफू बोलेर भन्दा पनि कामै गरेर देखाउने भएकाले यस विषयमा पनि धेरै बोल्नै पक्षमा नरहेको पटकपटक दोहो¥याउनु भयो । उहाँले आफूहरु पार्टीको पदाधिकारीमा आएपछि पार्टी भित्र देखिएको समस्याहरुलाई प्रक्रियामा लगेर समाधान गर्न लागि परेको बताउनु भयो । त्यस अवसरमा विद्यार्थी नेताहरुले नेविसंघको महाधिवेशन छिटो सम्पन्न गराउन पहल गरिदिन महामन्त्री शर्मासँग आग्रह गरेका थिए ।