२८ मंसिर २०८२, आईतवार
,
Latest
एमाले केन्द्रीय कमिटी बैठक बस्दै,विधान संशोधन प्रस्ताव लगिने बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’ पर्यटन सबलीकरणका लागि कर्ण शाक्यका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाले भारतलाई दियो यू–१९ विश्वकप फाइनलकै ठूलो रनको लक्ष्य



अ+ अ-

एजेन्सी । यू–१९ विश्वकपको फाइनल खेलमा अस्ट्रेलियाले भारतलाई जितका लागि २५४ रनको लक्ष्य दिएको छ । यो लक्ष्य यू–१९ विश्वकप फाइनलमा कुनै पनि टिमले दिएको ठूलो लक्ष्य हो ।

बेनोनीमा टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २५३ रन बनायो ।

हरजस सिंहले सर्वाधिक ५५ रन बनाए । कप्तान ह्युज विब्जेन ४८ रन बनाएर आउट भए भने ह्यारी डिक्सन ४२ रन बनाएर आउट भए । यस्तै, ओलिभर पिके ४६ रनमा नटआउट रहँदा र्यान हिक्सले २० तथा चार्ली एन्डर्सनले १३ रन जोडे ।

भारतका लागि राज लिम्बानीले ३ विकेट लिए । नमन तिवारीले २ सफलता हात पारे । यस्तै, सौमी पाण्डे र मुसीर खानले एक–१ विकेट लिए ।