१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

खल्ती र फोनपे बीच सम्झौता

खल्ती र फोनपे बीच सम्झौता
अ अ+ अ-

काठमाडौं । मोबाइल वालेट खल्ती र फोनपे पेमेन्टबीच सहकार्य गर्ने सम्झौता भएको छ । 

सोमबार काठमाडौंमा एक कार्यक्रमबीच भुक्तानी प्रणाली सञ्चालक फोनपे र सेवा प्रदायक खल्ती बीच उक्त सम्झौता भएको हो । सम्झौता पत्रमा फोनपेका नायव प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले हस्ताक्षर गर्नु भयो । सम्झौता भएसँगै खल्ती फोनपेको नेटवर्कमा आवद्ध भएको छ । अब खल्तीका सबै प्रयोगकर्ताहरुले फोनपेको क्यूआर मार्फत सेवा प्रयोग गर्न सक्नेछन् ।

सम्झौता कार्यक्रममा बोल्दै फोनपेका नायव प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले यस प्रकारको सम्झौताले डिजिटल भुक्तानीमा महत्वपूर्ण भूमिका रहने बताउनु भयो । सापकोटाले  खल्तीसँगको सम्झौताले नेपाली समाजलाई क्यास लेस बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । सिइओ सापकोटाले भन्नुभयो,‘ फोनपेका लागि खल्तीसँग सहकार्य गर्न पाउँदा ठूलो उपलब्धी गरेको छ । फोनपेले विगत दुई वर्ष देखि जुन नेटवर्क बनाएका छौँ । यस अगाडी नै ५९ सदस्यहरु यो प्रणाली जोडिनु भएको छ । १७ लाख ग्राहकलाई  फोनपेले सर्भिस दिइरहेको छ । अहिले फोनपेले जुन ब्राण्ड बनाएको छ । त्यसको मुख्य प्राथमिकता भनेकै ग्राहकको सर्भिस रहेको छ । त्यस्तै फोनपेका अन्य अन्य सदस्यहरुलाई दैनिक रुपमा फोनपे प्रयोग गरेर व्यापारलाई अगाडि बढाउने प्राथमिकता रहेको छ । आज जुन खल्तीसँग सम्झौता भएको छ । फोनपे अझ ठूलो दायरामा पुगेको छ । पछिल्लो समय हामीले निरन्तर रुपमा विभिन्न वालेटहरुसँग सहकार्य बढाउँदै लगेका छौँ । खल्तीसँगको सहकार्य प्रमुख माइलस्टोन हो । हामी सबैको मुख्य उद्देश्य भनेकै नेपालमा क्यासलेस बनाउने हो । यो अवधारणा स्थापित गर्नको लागि पनि सहकार्य बढाउँदै गएका छौं ।’

त्यस्तै, खल्तीका प्रमुख कार्यकारी अधिकृत सीईओ बिनय खड्काले यो एक सम्झौतामात्र नभएर डिजिटल नेपाल बनाउने सहकार्य भएको बताउनु भयो । उहाँले फोन पेसँगको यो सहकार्य नयाँ यात्राको शुरुवात भएकाले फोन पेसँगको सहकार्यले खल्तीका लाखौं ग्राहक लाभान्वित हुने बताउनु भयो । खड्काले फोन पेसँगको सम्झौता पछि खल्तीका २० लाख ग्राहकहरुले फोनपेको क्युआर मार्फत भुक्तानी गर्नपाउने  बताउनु भयो ।

प्रमुख कार्यकारी अधिकृत खड्काले भन्नुभयो,‘फोनपेसँग सहकार्य गर्न पाउन खुसी लागेको छ । जहाँ फोनपेसँग १५ लाख भन्दा बढी नै ग्राहक रहेका छन । अहिले बजारमा खल्ती आफू मात्रै नआएर यसले आफ्नो महत्वलाई समेत लिएर बजारमा आउँदै छ । खल्तीले फोनपेमा  २० लाख भन्दा बढी ग्राहक ल्याउँदै छौँ । अब खल्ती ग्राहकलाई क्युआर कोर्डमार्फत भुक्तानी गर्न सक्ने बनाएका छौँ । यो सहकार्य फोनपे र खल्तीको मात्रै कुरा नभएर डिजिटल नेपालको अभियानको कुरा रहेको छ । पछिल्लो समय बजारको आवश्यकता र बजारमा क्यासलेस समाज बनाउने राष्ट्र बैंकको अवधारणा रहेको छ । त्यसको लागि फोनपे र खल्तीको सहकार्य कोषे ढुङगा सावित हुने छ । छोटो समयमा नै फोनपेसँग सहर्काय गर्न सकेका छौँ ।’

खल्तीका ग्राहकले फोन पेसँगको सम्झौतासँगै फोन पेको जुन ठाउँमा क्यूआर पेमेन्ट सेवा उपलब्ध छ, त्यहाँ खल्ती वालेटबाट पेमेन्ट गर्न सकिने भएको छ । यो सहकार्य नेपालको फिनटेक उद्योग र डिजिटल कारोबारमा ठूलो उपलब्धी हुने अपेक्षा दुबै कम्पनीले गरेका छन् ।  दुई वर्षअघि स्थापना भएको फोन पेमा अहिले ५ लाख ५० हजारभन्दा बढी मर्चेन्ट सहभागी रहेका छन् । त्यस्तै, बैंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढि मोबाइल बैंकिङ प्रयोगकर्ताले फोन पे प्रयोग गर्दै आएका छन् । त्यस्तै फोन पेमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् । त्यस्तै, सन् २०१७ मा स्थापना भएर सेवा शुरु गरेको खल्तीको पनि  २० लाखभन्दा बढी प्रयोगकर्ता रहेको खल्तीले जनाएको छ ।  खल्ती प्रयोगकर्ताहरुले विभिन्न किराना पसल, होटल, रेष्टुरेन्ट, फिल्म हल, सार्वजनिक यातायात, धार्मिक क्षेत्रलगायत अन्य व्यापारिक क्षेत्रमा निकै लोकप्रिय बनेको फोन पेको क्यूआर कोडबाट भुक्तानी गर्ने अवस्था थिएन । खल्तीमा विभिन्न खुद्रा पेमेन्ट तथा अनलाइन पेमेन्टहरु हुँदै आएको थियो ।