१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

६ वर्षीय विश्वासले विश्वका सबै देशको झण्डा चिन्ने, गिनिज बुकमा नाम लेखाउने तयारी



अ+ अ-

काठमाडौं । नुवाकोट तारकेश्वर स्थायी निवासी ६ वर्षीय बालक विश्वास अधिकारीले विश्वका सबै देशका झण्डा र ती देशमा रहेका टापुहरु चिन्न सक्ने उनको परिवारले दाबी गरेको छ ।

आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनको प्रतिभाबारे जानकारी गराइएको हो ।

उनकी आमा कल्पना थापाले परिवारको कुनै सहयोगबिनानै विश्वासले आफैं ती देशहरुको झण्डा र टापुहरु चिनेको बताईन् । अब आफूहरुको लक्ष्य विश्वासको प्रतिभाको सम्मान स्वरुप ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाउन पहल गर्ने रहेको उनले बताईन् । ‘हाम्रो लक्ष्य भनेको बाबुको नाम ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा लेखाउने नै हो । सानै उमेरमा यतिधेरै प्रतिभा भएकाले भोलिका दिनमा केही सपोर्ट हुन्छ कि भनेर नै हामी लागिपरेका छौं,’– उनले भनिन् ।

विश्वास जोरपाटीस्थित एक स्कुलमा युकेजीमा पढ्छन् । कार्यक्रमकै क्रममा पनि उनलाई विभिन्न देशका झण्डाहरु देखाइएको थियो । उनले ती झण्डाहरु सहजै चिनेका थिए । विश्वासकी आमा कल्पनाले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ का लागि सहयोग गरिदिन अपिल गरिन् ।