१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

उदयपुरका पहाडी क्षेत्रमा जुनेलो, फापर र गहत लोप हुँदै

उदयपुरका पहाडी क्षेत्रमा जुनेलो, फापर र गहत लोप हुँदै
अ अ+ अ-

उदयपुर । जिल्लाका पहाडी क्षेत्रमा लामो समयदेखि परम्परागत रुपमा उत्पादन हुँदै आएका रैथाने बाली फापर तथा जुनेलो र गहत जस्ता हिजो आज खेती हुन छाडेपछि लोप हुने अवस्थामा पुगेका छन् ।

जिल्लाका पहाडी क्षेत्र ताप्ली, उदयपुर गढी, रौतामाई तथा लिम्चुङबुङ गाउँपालिका क्षेत्रमा विगतमा परम्परागतरुपमा खेती गरिने र उत्पादन हुँदै आएको रैथाने बाली फापर, जुनेलो तथा गहत हिजो आज खेती गर्न छाडिएपछि पाउन नै छाडिएको स्थानिय बताउँछन् ।

रौतामाई गाउँपाालिका–५ रामेटारका कृषक पदमबहादुर मगरका अनुसार आजभन्दा २०/२५ वर्ष अगाडिसम्म गाउँमा गहत तथा जुनेलो राम्ररी खेती हुने गरेको थियो । पाँच/दश वर्षयता आएर यसको खेती नै गर्न छाडिएपछि गाउँघरमा जुनेलो तथा गहत पाउन छाडेको उहाँ बताउनुहुन्छ ।

रौतामाई–४ डांसिंटारका कृषक नेत्रप्रसाद खत्री भन्नुहुन्छ, “आजभन्दा १५/२० वर्षअघिसम्म आफुहरुले गाउँघरमा जुनेलो थुप्रै उत्पादन गरेर बिक्रीसमेत गर्ने गरेका थियौँ, तर हिजो आज यसको खेती हुन छाडेपछि हामीलाई जुनेलो खान मन लागेमा अन्यत्र टाढा गएर किनेर ल्याउन बाध्य भएका छौँ ।”

उदयपुरगढी–४ डुम्रेका कृषक नरबहादुर घले मगर रैथाने अन्नबाली गाउँघरबाट लोप हुँदै जानाका कारणबारे भन्नुहुन्छ, “विगतमा हामीहरुले घरबारी जग्गामा गहत, पाखा बारीको चारैतिर जुनेलोखेती गर्ने गरेका थियौं, अब त सबै युवा जती गाउँ छाडेर अन्यत्र जान थाले, गाउँमा यस्तो कठिन खेती कसले गर्ने, बरु जग्गा बाँझै बस्न थाल्यो, यस्तो खेती गर्ने जाँगरिला मान्छे नै गाउँघरमा बस्दैनन् ।”

गाउँघरमा रैथाने खेती गर्ने बुढापाका भइसकेका र युवा सबै गाउँ छाडेर अन्यत्र गएपछि गाउँमा यस्तो रैथाने खेती गर्ने युवाको अभावमा पनि गाउँघरमा हिजो आज जुनेलो, फापर तथा गहत जस्ता बालीको खेती नै हुन छाडेको ताप्ली–४ पिपलभन्ज्याङका रामबाबु ठकुरी बताउनुहुन्छ ।

उहाँका अनुसार आजभन्दा १५/२० वर्ष अगाडिसम्म पनि ओख्ले पिपलभन्ज्याङका पाखाबारीमा जुनेलोखेती हुने गरेका कारण गाउँ नै जुनेलोमय हुने गरेको थियो । जिल्लाका पहाडी क्षेत्रका अधिकांश बारीमा विगतमा अनिवार्य रुपमा जुनेलोखेती हुने गरेको भए पनि हिजो आज हुन छाडेको छ ।

विगतमा गाउँका पाखाबारी तथा सुक्खाबारीमा अनिवार्य गहत तथा जुनेलो जस्ता अन्नबाली लगाएर उत्पादन गरिने भएको भए पनि हिजो आज युवाहरुले यस्तो खेती प्रति चासो नदिनु र गाउँघरबाट युवा अन्यत्र पलाएन भएपछि रैथाने बाली लोप हुँदै गएको रौतामाई गाउँपालकिकाका उपाध्यक्ष भूपेन्द्र थापा बताउनुहुन्छ ।

उदयपुरगढीका दनुवार बेसीका कृषक वुद्धिबहादुर तामाङका अनुसार विगतमा गाउँघरमा फापर तथा जुनेलो उत्पादन गरेर अन्यत्र बजारमा लगेर बिक्री गर्ने गरिएको भए पनि हिजो आज खेती नै हुन छाडेपछि आफैँलाई खानका लागि यस्ता अन्नबाली खोजेर पनि पाउन छाडेको छ ।

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार विगतमा जिल्लाको पहाडी क्षेत्रको गाउँघरमा उत्पादन हुने फापर, जुनेलो तथा गहत राम्रो उत्पादन हुने र कृषकले यसको बिक्रीले राम्रै फाइदा लिने गरे पनि हिजो आज यसको खेती नै हुन छाडेको छ ।

गाउँघरमा उत्पादन हुने अन्य रैथाने अन्नबाली कोदो, कागुनी, जौंसमेत हिजो आज बिस्तारै खेती हुन छाडेका कारण लोप हुँदै जाने अवस्थामा पुगेको रौतामाईका कृषक कृष्णबहादुर आलेमगर बताउनुहुन्छ । रासस