• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

पत्रकारहरुको पुस्तक विमोचन कार्यक्रममा ‘लफडा’, पुस्तक च्यातियो –फोटोफिचर



काठमाडौँ । संस्थापक अध्यक्षको विवादले नेपाल पत्रकार महासंघको ‘अग्र अनुहार’ पुस्तक विमोचन समारोहमा ‘लफडा’ भएको छ ।

आज आइतबार महासंघको प्रदेश प्रतिष्ठान समितिले ‘अग्र अनुहार’ पुस्तक विमोचन समारोहको आयोजना गरेको थियो ।

सो पुस्तकमा पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नलेखेर कृष्णप्रसाद भट्टराई नै उल्लेख गरी इतिहास बंग्याउन खोजेको भन्दै आदिवासी जनजाति पत्रकार महासंघ (फोनिजले विरोध जनायो ।

संघ आबद्ध पत्रकाररूले विमोचन समारोह बिथोल्नुका साथै पुस्तकसमेत च्यातेका छन् । आयोजकले लफडाकाबीच पुस्तक विमोचन भएको घोषणा गरे ।

भृकुटीमण्डपको हलमा आयोजित कार्यक्रम हुन नदिन फोनिजका पदाधिकारी समर्थकहरू कार्यक्रमस्थलमा भेला भएपछि कार्यक्रममा प्रमुख अतिथि र मुख्य अतिथि तोकिएका सभामुख देवराज घिमिरे र सञ्चारमन्त्री रेखा शर्मा उपस्थित भएनन् ।

नेपाल पत्रकार महासंघले २०१२ सालमा नेपाल पत्रकार संघका अध्यक्ष बनेका कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष मान्दै आएको छ ।

तर, त्यसअघि २००८ सालमै सत्यनारायण बहादुर श्रेष्ठ अध्यक्ष भएको पुष्टि भइसक्दा पनि भट्टराईलाई नै संस्थापक अध्यक्ष मानिएपछि आफूहरूले विरोध जनाएको आदिवासी जनजाति पत्रकार महासंघका महासचिव मिलन लिम्बू बताउँछन् ।

महासंघले इतिहास सच्याउन र संस्थापक अध्यक्ष टुंगो नलागेसम्म कुनै गतिविधि नगर्न यसअघि पनि पटक–पटक ध्यानाकर्षण गराएको लिम्बूको भनाई छ ।