२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा सदस्य पौड्यालको प्रश्न: टेस्टेड र फेलहरुलाई किन उपकुलपतिको सर्टलिस्टमा राखियो ?



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा परीक्षण भइसकेका मान्छेहरुलाई ‘सर्टलिस्ट’मा पारिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

आईतवार राष्ट्रिय सभाको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य पौड्यालले त्रिभुवन विश्वविद्यालयमा पहिले नै परीक्षण भइसकेका व्यक्तिहरुलाई उपकुलपतिको ‘सर्टलिस्ट’ मा पारिएको भन्दै आपत्ति जनाउनुभएको हो ।

उहाँले विश्वविद्यालयको नेतृत्वमा रहेर पनि कुनै प्रगति गर्न नसकेका र विश्वविद्यालयलाई र्‍याङकिङमा पछाडी धकेल्नेहरु नै सर्टलिस्टमा परेका भन्दै नियुक्तिमा राजनीतिक हस्तक्षेप हुनसक्ने आशंका व्यक्त गर्नुभयो । उहाँले छनोट समितिले पुरानै अनुहारलाई विश्वविद्यालयको नेतृत्व दिन लागेको हो भनि प्रश्न समेत गर्नुभयो । उहाँले बौद्धिक चोरीको आरोप लागेका र अख्तियारमा मुद्दा चलेकालाई किन उपकुलपतिको छनौट लिस्टमा राखियो भनेर पनि प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘शिक्षामन्त्रीज्युको नेतृत्वमा एउटा समिति गठन भएको छ । मेरिटको आधारमा उपकुलपति लिने भनेका छौँ र छनौट तथा सिफारिस समिति बनेको छ । पहिलो कुरो त मलाई के लाग्छ भने विश्वविद्यालय जस्तो ठाउँलाई हेर्ने मान्छे भनेको, राम्रा मान्छेहरु आवेदन दिएर छनौट प्रक्रियामा आउँदैनन् । राम्रो मान्छेहरु नेतृत्वले एकदम राम्रोसँग टेस्टेड र असाध्यै राम्रो मान्छेहरु चाहीँ नेतृत्वले गएर आवेदन गर्नुस् न भनेर भन्नुपर्छ । अथवा तपाई आएर चार वर्ष यो विश्वविद्यालय सम्हाल्नुस् भन्नुपर्छ । हामीले त्यति हिम्मत गर्न सकेनौँ । आवेदनमा कति राम्रा मान्छेहरु परेकै छैनन् । त्यो भित्र टेस्टेड फेल भएका अनुहारहरु पनि आएका छन् ।’

‘किनभने पहिले विश्वविद्यालयका नेतृत्व लिइसकेका, कुनै प्रगति गर्न नसकेका र र्‍याङकिङमा विश्वविद्यालयलाई पछाडी धकेलेका मान्छेहरु पनि आएका छन् । फेरि पनि प्रधानमन्त्रीलाई मेरो एउटै प्रश्न छ, राजनीतिक हस्तक्षेप हुन दिन्न भनेर संकल्प गर्दै गर्दाखेरी टेस्टेड र फेल भएका अनुहारहरुलाई फेरि विश्वविद्यालयमा ल्याउन छानेका हो त्यो समितिले ? फेल भइसकेका मान्छेहरुलाई फेरि किन ल्याएको ? कहिले बौद्धिक चोरीको आरोप लागेका, कहिले अख्तियारबाट मुद्दा चलेका मान्छेहरुलाई किन ल्याएको विश्वविद्यालयको छनौटमा ?’

उहाँले त्रिभुवन विश्वविद्यालयप्रतिको विश्वास र भरोसा टुट्दै गएको पनि बताउनु भयो ।