• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

एमाले महासचिव शंकर पोखरेल सवार गाडी दुर्घटना



काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल सवार स्कोरपियो दुर्घटना भएको छ ।

महासचिव पोखरेल चढेको म १ च ३६९ नम्बरको स्कोरपियो शनिबार दिउँसो करिब ३ बजेतिर दैलेखको डुंगेश्वर गाउँपालिकाको चुप्रा बजार नजिक दुर्घटना भएको हो ।

एमालेका उपमहासचिव विष्णु रिमालले जिप दुर्घटनाको फोटो सार्वजनिक गर्दै ‘एउटा अकल्पनीय क्षति हुनबाट जोगिएको भयानक दुर्घटना’ भनेर सामाजिक सञ्जालमा लेखेका छन् ।

दुर्घटनामा परे पनि महासचिव पोखरेल सकुशल रहेको बताइएको छ । महासचिव पोखरेल जिल्ला अधिवेशनमा सहभागी हुन सुर्खेतबाट दैलेख जाँदै गर्दा दुर्घटनामा परेका हुन् ।