१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

छ महिनामा १० लाखभन्दा बढी सवारीसाधन कारबाहीमा

छ महिनामा १० लाखभन्दा बढी सवारीसाधन कारबाहीमा
file photo
अ अ+ अ-

काठमाडौँ । ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको छ महिनामा देशभर १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनहरुलाई कारबाही गरेको छ । गत साउनदेखि पुस मसान्तसम्म गरिएको कारबाहीबाट रु ७९ करोड ७१ लाख ४४ हजार आठ सय ५२ राजस्व सङ्कलन गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

राजस्वमध्ये काठमाडौँ उपत्यकाबाट रु ३२ करोड ३३ लाख ७० हजार, कोशी प्रदेशबाट रु सात करोड ८७ लाख दुई हजार ९४३, मधेशबाट रु १० करोड पाँच लाख ५८ हजार ९०१, बागमतीबाट रु सात करोड ८८ लाख ४० हजार, गण्डकीबाट रु आठ करोड १८ लाख ७६ हजार छ, लुम्बिनीबाट रु नौ करोड ३८ लाख ६४ हजार दुई, कर्णालीबाट रु एक करोड ५६ लाख ४५ हजार र सुदूरपश्चिम प्रदेशबाट रु दुई करोड ४२ लाख ८८ हजार सङकलन भएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार ट्रकरट्याङकरबाट रु १५ करोड १९ लाख ९५ हजार चार सय, बसरमिनिबसबाट रु नौ करोड २० लाख पाँच, काररजिपरभ्यानबाट रु १८ करोड ९० लाख ७६ हजार ८०६, ट्याक्टरबाट रु दुई करोड ८८ लाख १६ हजार, मोटरसाइकलबाट रु ३१ करोड १७ लाख ३४ हजार ५४६ र टेम्पो तथा अन्यबाट रु दुई करोड ५३ लाख २१ हजार छ सय राजश्व सङकलन भएको हो ।

राजश्व रकममध्ये सबै भन्दा बढी काठमाडौँ उपत्यकामा र सबै भन्दा कम कर्णाली प्रदेशमा रहेको केन्द्रीय प्रहरी कार्यालयलको तथ्याङ्कमा उल्लेख छ । मादकपदार्थ सेवन गरेर तथा तीव्र गतीमा सवारी चलाउने, लेन अनुशासन कायम नराख्ने, क्षमताभन्दा बढी यात्रु राख्ने, जथाभावी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिने, आवश्यक कागजात तथा सवारी चालक अनुमति पत्र नभएकालगायतमा कारबाही गरेबापत उक्त रकम राजश्व सङकलन गरिएको प्रनाम ढकालले जानकारी दिनुभयो ।

उक्त अवधिमा कारबाहीमा परेका १० लाख ५२ हजार ५५ सवारी साधनमध्ये ट्रकरट्याङकर एक लाख ७० हजार ८४२ वटा, बसरमिनिबस एक लाख नौ हजार ३७७, काररजिपरभ्यान दुई लाख ६१ हजार ६३६, ट्याक्टर ४१ हजार ६४१, मोटरसाइकल चार लाख ३२ हजार ९८ र टेम्पो तथा अन्य ३६ हजार ४६१ वटा रहेका छन् । कारबाहीमा परेका सवारी साधनमध्ये सबै भन्दा बढी मोटरसाइकल रहेको प्रहरी प्रधान कार्यालय नक्सालको तथ्याङकले देखाएको छ । रासस