• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

इमाडोलमा आमाले गरिन् आत्महत्या, कोठाभित्र दुई बच्चा पनि मृत भेटिए



ललितपुर । इमाडोलमा महिला र दुई बच्चाको मृत्यु भएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोल ओचुहाइटमा बस्ने ३६ वर्षीया रविना महर्जनले ४ तले घरको छतबाट हामफाल्दा मृत्यू भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

छतबाट हामफालेर गम्भीर घाइते भएकी रविनालाई उपचारको लागि किस्ट अस्पतालमा लगिएको थियो । उनको उपचारको क्रममा शनिबार राति ९ बजे मृत्यु भएको हो ।

रविनाका दुईजना बच्चाहरुको पनि मृत्यु भएको छ । ६ वर्षीय छोरा अश्वेत महर्जन र छोरी रीभा महर्जन कोठामा अचेत फेला परेपछि स्थानियले उपचारका लागि अस्पताल पुराएका थिए । उनीहरुको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा उनी श्रीमान्, सासु र दुई सन्तानसहित बस्दै आएकी थिइन् । घटना हुँदा श्रीमान घरमा नभएको र सुसाइट नोट समेत फेला नपरेकाले कारण खुल्न नसकेको एसपी कार्कीले जानकारी दिए । घटनाबारे अनुसन्धान जारी रहेको छ ।