• १७ फाल्गुन २०८०, बिहीबार
  •      Thu Feb 29 2024
  •   Unicode
Logo
Latest
★   पहिलो हाफमा जोर्डनविरुद्ध नेपाललाई १-० को अग्रता ★   घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्नेछौं– साफ यु–१६ नेपाली महिला टोली ★   उद्योगी व्यवसायीहरुलाई राज्यको नीतिले संरक्षण गर्न आवश्यक छः सभापति लामिछाने ★   गगन थापाको आरोपः सम्पती शुद्धीकरण र राजश्व अनुसन्धान विभाग प्रधानमन्त्रीको इच्छाअनुसार चल्छन् ★   गठबन्धनलाई निरन्तरता दिन हामी प्रतिबद्ध छौँः प्रधानमन्त्री दाहाल ★   त्रिभुवन आर्मी पाँचथर गोल्डकपको फाइनलमा ★   गठबन्धनमा समस्या छैन: अध्यक्ष नेपाल ★   मानव बेचबिखनमा संलग्न मियाँ पक्राउ ★   व्यवसाय सुरु गर्नुअधि वास्तुका यी टिप्स पालना गर्नुस् ★   हतारमा मुद्दा चलाउने पद्धतिलाई निरुत्साहित गर्न सम्पती शुद्धीकरण अनुसन्धान विभागलाई समितिको निर्देशन

अफताब आलमसहितको मुद्दा न्यायाधीश आचार्यको इजलासमा



file photo

काठमाडौँ । ​इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपी नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दामा आइतबार अन्तिम सुनुवाइका लागि पेसी तोकिएको छ ।

आलमसहित ११ जनाविरुद्ध दायर भएको ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइका लागि रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासमा पेसी तोकिएको छ ।

सो मुद्दामा गत २२ कात्तिकमा जिल्ला न्यायाधीश बाबुकाजी बानियाँको इजलासले बहस नोट माग गर्ने आदेश दिएको थियो।

त्यसपछि २४ मंसिरभित्रै वादी नेपाल सरकार र प्रतिवादी तर्फका कानुन व्यवसायीले बहस नोट बुझाएका थिए । २०७६ साल १८ कात्तिकमा रौतहट जिल्ला अदालतमा दर्ता भएको ‘विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर’मा कांग्रेस नेता तथा पूर्वमन्त्री आलमसहित आलम निकटका ११ जना प्रतिवादी छन् ।

२०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा बम विस्फोट भएको थियो । सो घटनामा प्रहरीले २०७६ सालमा पुन: अनुसन्धान गरेपछि आलमविरुद्ध अदालतमा मुद्दा पुगेको थियो ।