• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा आज के हुँदैछ ?



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दैछ । राष्ट्रिय सभागृहमा बिहान ११ बजे बैठक बस्नेछ ।

माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले दुई दिनसम्म चल्ने बैठकमा यसअघि पार्टीले सञ्चालन गरेको चार महिने अभियानबारे समीक्षा हुने जानकारी दिए । माओवादी केन्द्रले यसअघि जनतासँग माओवादी विशेष अभियान सञ्चालन गरेको थियो ।

बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टीको काम कारबाही र आगामी फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल हुनेछ । माओवादी केन्द्रले चार महिने अभियानमा पार्टीको सङ्गठन निर्माण, पुन:निर्माणका अलावा शहीद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते अपाङ्गता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो ।