५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा आज के हुँदैछ ?



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दैछ । राष्ट्रिय सभागृहमा बिहान ११ बजे बैठक बस्नेछ ।

माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले दुई दिनसम्म चल्ने बैठकमा यसअघि पार्टीले सञ्चालन गरेको चार महिने अभियानबारे समीक्षा हुने जानकारी दिए । माओवादी केन्द्रले यसअघि जनतासँग माओवादी विशेष अभियान सञ्चालन गरेको थियो ।

बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टीको काम कारबाही र आगामी फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल हुनेछ । माओवादी केन्द्रले चार महिने अभियानमा पार्टीको सङ्गठन निर्माण, पुन:निर्माणका अलावा शहीद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते अपाङ्गता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो ।