• १३ फाल्गुन २०८०, आईतवार
  •      Sun Feb 25 2024
  •   Unicode
Logo
Latest
★   नेपाललाई पहिलो सफलता ★   नेदरल्यान्ड्सको सानदार सुरुवात ★   न्युजिल्याण्डविरुद्ध अष्ट्रेलियाको क्लीन स्वीप ★   फुटबलर मनिष डाँगीको घरमा चोरी, तीन जना पक्राउ ★   ईलाम र बझाङमा बैशाख १५ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय ★   विद्यमान राजनीतिक व्यवस्था चाहिँदैन भन्ने अधिकार पनि संविधानले दिएको छ: सांसद शाही ★   बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र २८ वर्षपछि प्रदेशस्तरीय अस्पताल बन्दै ★   संविधानले दिएको सेवा सुविधा लिएर संविधानको बिरोध गर्न मिल्दैन: सांसद सापकोटा ★   नेपालले नेदरल्यान्ड्सलाई दियो १७३ रनको सामान्य लक्ष्य ★   सहकारीपीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा आज के हुँदैछ ?



काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दैछ । राष्ट्रिय सभागृहमा बिहान ११ बजे बैठक बस्नेछ ।

माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले दुई दिनसम्म चल्ने बैठकमा यसअघि पार्टीले सञ्चालन गरेको चार महिने अभियानबारे समीक्षा हुने जानकारी दिए । माओवादी केन्द्रले यसअघि जनतासँग माओवादी विशेष अभियान सञ्चालन गरेको थियो ।

बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टीको काम कारबाही र आगामी फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल हुनेछ । माओवादी केन्द्रले चार महिने अभियानमा पार्टीको सङ्गठन निर्माण, पुन:निर्माणका अलावा शहीद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते अपाङ्गता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो ।