• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   हैदराबादलाई हराउँदै कोलकाता चौंथोपटक आईपीएलको फाइनलमा ★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु ★   अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी ★   प्रधानमन्त्रीसँग बङ्गलादेशका वातावरणमन्त्रीको शिष्टाचार भेट ★   कार्यालयबाटै पक्राउ परे कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया ★   समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी ★   रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय ★   सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा सगरमाथा आरोहण

चिन र नेपाल वीच मैत्रीपूर्ण फुटबल, नेपाल ५–१ गोलले बिजयी



काठमाडौंं । चिनियाँ नयाँ बर्षको अवसरमा आयोजना गरिएको चिन र नेपाल वीचको मैत्रीपूर्ण फुटबलमा नेपालले ५–१ गोलले जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालका लागि छिरिङ लामा, सञ्जीव बिष्ट र नीराजन धामीले समान एक गोल थपे । चिनियाँ टोलीका जासी पेङकोउले सान्त्वना गोल फर्काए । सञ्जीव बिष्टले दोस्रो मिनेटमा नै गोल गर्दै नेपाली युवा टोलीलाई अग्रता दिलाए । ३९औं मिनेटमा समिरले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । त्यससँगै पहिलो हाफमा नेपाली युवा टोलीले २–० को अग्रता बनायो ।

समीरले नै ५४ औं मिनेटमा गोल गर्दै नेपाली युवा टोलीको अग्रता ३–० मा पुर्‍याए । ६३ औं मिनेटमा छिरिङ लामाले अर्को गोल गरे । त्यससँगै नेपाली युवा टोलीले अग्रता ४–० मा पुर्‍याए । ७५ औं मिनेटमा नीराजनले गोल गर्दै घरेलु टोलीलाई ५–० को सहज अवस्थामा पुर्‍याए । पाहुना टोलीका पेङकोउले ७८ औं मिनेटमा गोल फर्काउँदै अग्रता छोट्याए । त्यसपछि थप गोल हुन सकेन र नेपाली युवा टोलीले सहज जित निकाल्यो ।

कार्यक्रमलाई सम्वोधन गर्नु हुदै अध्यक्ष तिमल्सिनाले खेलमा जुन टिमले जिते वा हारे पनि नेपाल र चीन बीचको समवन्धले जित्ने बताउनुभयो । कार्यक्रमलाई सम्वोधन गर्नु हुदै नेपालका लागि चिनिया राजदुत चेन सङले दुई देशको सम्वन्धलाई प्रगाड बनाउने क्रममा नयाँ बर्षका अवसरमा फुटबल आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्वु, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ लगायत परिषदका सदस्यहरुको उपस्थिति थियो । नेपालका लागि चिनीय राजदुत र राष्ट्रिय खेलकुद परिषदको आयोजनामा प्रतियोगिता भएको हो ।