२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिन र नेपाल वीच मैत्रीपूर्ण फुटबल, नेपाल ५–१ गोलले बिजयी



अ+ अ-

काठमाडौंं । चिनियाँ नयाँ बर्षको अवसरमा आयोजना गरिएको चिन र नेपाल वीचको मैत्रीपूर्ण फुटबलमा नेपालले ५–१ गोलले जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालका लागि छिरिङ लामा, सञ्जीव बिष्ट र नीराजन धामीले समान एक गोल थपे । चिनियाँ टोलीका जासी पेङकोउले सान्त्वना गोल फर्काए । सञ्जीव बिष्टले दोस्रो मिनेटमा नै गोल गर्दै नेपाली युवा टोलीलाई अग्रता दिलाए । ३९औं मिनेटमा समिरले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । त्यससँगै पहिलो हाफमा नेपाली युवा टोलीले २–० को अग्रता बनायो ।

समीरले नै ५४ औं मिनेटमा गोल गर्दै नेपाली युवा टोलीको अग्रता ३–० मा पुर्‍याए । ६३ औं मिनेटमा छिरिङ लामाले अर्को गोल गरे । त्यससँगै नेपाली युवा टोलीले अग्रता ४–० मा पुर्‍याए । ७५ औं मिनेटमा नीराजनले गोल गर्दै घरेलु टोलीलाई ५–० को सहज अवस्थामा पुर्‍याए । पाहुना टोलीका पेङकोउले ७८ औं मिनेटमा गोल फर्काउँदै अग्रता छोट्याए । त्यसपछि थप गोल हुन सकेन र नेपाली युवा टोलीले सहज जित निकाल्यो ।

कार्यक्रमलाई सम्वोधन गर्नु हुदै अध्यक्ष तिमल्सिनाले खेलमा जुन टिमले जिते वा हारे पनि नेपाल र चीन बीचको समवन्धले जित्ने बताउनुभयो । कार्यक्रमलाई सम्वोधन गर्नु हुदै नेपालका लागि चिनिया राजदुत चेन सङले दुई देशको सम्वन्धलाई प्रगाड बनाउने क्रममा नयाँ बर्षका अवसरमा फुटबल आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्वु, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ लगायत परिषदका सदस्यहरुको उपस्थिति थियो । नेपालका लागि चिनीय राजदुत र राष्ट्रिय खेलकुद परिषदको आयोजनामा प्रतियोगिता भएको हो ।