• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

मैत्रीपूर्ण फुटबलमा नेपाली युवा टोलीको सहज जित



काठमाडौँ । समीर तामाङको दुई गोल प्रेरणमा नेपालको यु–२३ टोलीले चीनको छिङ हाई युसुको युवा टोलीसँगको मैत्रीपूर्ण फुटबलमा ५–१ को जित निकाल्यो ।

चिनियाँ नयाँ वर्षको अवसरमा आयोजित मैत्रीपूर्ण खेलमा शनिवार नेपाली युवा टोलीले पाहुना टोलीमाथि सहज जित निकाल्यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालका लागि छिरिङ लामा, सञ्जीव बिष्ट र नीराजन धामीले समान एक गोल थपे । चिनियाँ टोलीका जासी पेङकोउले सान्त्वना गोल फर्काए । सञ्जीव बिष्टले दोस्रो मिनेटमा नै गोल गर्दै नेपाली युवा टोलीलाई अग्रता दिलाए । ३९औं मिनेटमा समिरले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । त्यससँगै पहिलो हाफमा नेपाली युवा टोलीले २–० को अग्रता बनायो ।

समीरले नै ५४ औं मिनेटमा गोल गर्दै नेपाली युवा टोलीको अग्रता ३–० मा पु¥याए । ६३ औं मिनेटमा छिरिङ लामाले अर्को गोल गरे । त्यससँगै नेपाली युवा टोलीले अग्रता ४–० मा पु¥याए । ७५ औं मिनेटमा नीराजनले गोल गर्दै घरेलु टोलीलाई ५–० को सहज अवस्थामा पु¥याए । पाहुना टोलीका पेङकोउले ७८ औं मिनेटमा गोल फर्काउँदै अग्रता छोट्याए ।

त्यसपछि थप गोल हुन सकेन र नेपाली युवा टोलीले सहज जित निकाल्यो । चिनियाँ नयाँ वर्षको अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपालस्थित चिनियाँ राजदुतावासको संयुक्त आयोजनामा यो मैत्रीपूर्ण फुटबल भएको हो । विजेता टोलीलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपालका लागि चिनियाँ राजदुत छन् सोङ र राष्ट्रिय खेलकुद परिषद्का (राखेप) का सदस्यसचिव टंकालाल घिसिङले ट्रफी प्रदान गर्नुभएको थियो ।