३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

छ वर्षदेखि निरन्तर तलबभत्ताबापतको रकम सामाजिक सेवामा



अ+ अ-

लेखनाथ । गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले छ वर्षदेखि निरन्तर प्रदेशसभा सचिवालयबाट प्राप्त तलबभत्ता सामाजिक तथा विकास निर्माणका काममा खर्च गर्नुभएको छ । प्रदेश सभा सदस्यमा कास्की निर्वाचन क्षेत्र नं २ बाट दोस्रो पटक निर्वाचित थापा निरन्तर आफ्नो तलबभत्ता सामाजिक सेवामा खर्च गर्ने एक्लो सदस्य हुनुहुन्छ ।

नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रदेशसभा सदस्य थापाले पछिल्लो एक वर्षमा सामाजिक क्षेत्रमा गरिएको खर्च विवरण सार्वजनिक गर्नुभएको हो । विसं २०७९ पुस २५ देखि २०८० पुससम्म गण्डकी प्रदेशसभाका विभिन्न मासिक तलब, बैठक भत्ताबाट प्राप्त रु आठ लाख ९६ हजार ६० र व्यक्तिगतरुपमा रु दुई लाख १६ हजार थप गरी जम्मा रु ११ लाख १२ हजार छ सय पाँच सामाजिक क्षेत्रमा खर्च गरिएको उहाँले बताउनुभयो । छ वर्षमा रु ७० लाखभन्दा बढी तलबभत्ता सामाजिक सेवामा खर्च गरेको उहाँले जानकारी दिनुभयो ।

सो अवसरमा थापाले निःस्वार्थरुपमा गरिने जनताको सेवाबाट आफू सन्तुष्ट रहेको र जनप्रतिनिधिको मूल उद्देश्य यही हुनुपर्ने बताउनुभयो । उहाँले जनप्रतिनिधि जनताको चाहनाअनुसार निःस्वार्थरुपमा चल्नुपर्नेमा जोड दिनुभयो ।

स्वास्थ्य, शिक्षा र विकास निर्माणका काममा तलबभत्ता खर्च गर्दै आएको भए पनि विशेषगरी पैसाको अभावमा उपचार गर्न नसक्ने बिरामीलाई पहिलो प्राथमिकतामा राखेर सहयोग गरेको प्रदेशसभा सदस्य थापाले जानकारी दिनुभयो । नेपाली कांग्रेसकोतर्फबाट निर्वाचित थापा उद्योगपति हुनुहुन्छ ।

क्यान्सर रोगबाट पीडित पोखरा–१५ का ओमबहादुर गुरुङ, पोखरा–१६ का राधा गायक, पोखरा–२० निर्मल बास्तोला र पोखरा–८ की लक्ष्मी छत्कुली तथा मुटुरोगी मिठु सर्किनीलगायत बिरामीलाई सहयोग गरेको थापाले दाबी गर्नुभयो ।

खानेपानी, बाटो निर्माण, आमासमूह, युवाक्लब, विद्यालय, समाजघर, सीपमूलक तालिम, भूकम्प प्रभावित तथा सिँचाइका क्षेत्रमा तलबभत्ता खर्च गर्ने गरेको थापाको भनाइ थियो । बाँकी चार वर्षको तलबभत्ता सामाजिक क्षेत्रमा नै खर्च गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

प्रेस युनियन कास्कीका अध्यक्ष वासुदेव मिश्रको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, वडा नं ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीलगायतण्ले भनाइ राख्नुभएको थियो । रासस