२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

काठमाडौंमा कुरान वाचन प्रतियोगिता शुरु

काठमाडौंमा कुरान वाचन प्रतियोगिता शुरु
अ अ+ अ-

काठमाडौँ । काठमाडौंमा कुरान वाचन प्रतियोगिता शुरु भएको छ । शनिवारबाट मुस्लिम आयोगले देशभरका मुस्लिम विद्यार्थीहरुका लागि प्रतियोगिताको आयोजना गरेको हो । सो अवसरमा प्रतियोगीहरुले कुरान वाचन गरेर सुनाएका थिए ।

कार्यक्रमको शुभारम्भ गर्दै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले पहिलो चरणमा पुरुष विद्यार्थीहरुको प्रतिष्पर्धा रहेको र जसमा ४७ प्रतिष्पर्धीले सहभागिता जनाउने बताउनु भयो । आज चौथो टोलीको प्रतियोगिता शुरु भएको छ । प्रतियागितामा सय जना मुस्लिम महिलाले दर्खास्त दिएकोमा उमेरका कारण ७७ महिला मात्र छनोट भएको बताउनु भयो । उहाँले यस्ता कार्यक्रमहरुमा सरकारको सहयोगको आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चौथो ब्याचको प्रतिष्पर्धा हुन गइरहेको छ । पहिलो चरणमा पुरुष विद्यार्थीहरुको छ । जुन आज सय जना पुरुष र सय जना महिलाको थियो । जसमध्ये जम्मा दर्खास्तमा पुरुषबाट ८० परेको थियो । उमेरका कारण पुरुषमा ४७ जना प्रतिष्पर्धी छनोट हुनुभएको छ । त्यस्तै महिलामा सय महिलाले दर्खास्त दिनुभएको थियो । उमेरका कारण ७७ जना हुनुहुन्छ । २३ जना छनोट हुन सक्नुभएन । फस्र्ट ब्याचमा १५ देखि ३५ वर्ष उमेरसमूहको थियो । जुम मार्फत छनोट गरेका थियौँ । ५० जनाको छनोट हुनुभएको छ । सेकेण्ट ब्याचमा पनि ५० जना भएकोमा १४३ जनाले दर्खास्त गर्नुभएकोमा ५० जना हुनुहुन्छ । थर्ड ब्राञ्चमा ५० जनाको सिटमा ८७ जना दर्खास्त दिनुभएकोमा अरु अनलाइनमार्फत छनोट भएर ५० छनोट हुनुभएको छ । यो शुरुवात आज हुँदैछ ।’

उहाँले अभिभावकहरुले आफ्ना बालबालिकासँगै बसेर प्रतिष्पर्धा हेर्न सक्ने बताउनु भयो ।