३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा कुरान वाचन प्रतियोगिता शुरु



अ+ अ-

काठमाडौँ । काठमाडौंमा कुरान वाचन प्रतियोगिता शुरु भएको छ । शनिवारबाट मुस्लिम आयोगले देशभरका मुस्लिम विद्यार्थीहरुका लागि प्रतियोगिताको आयोजना गरेको हो । सो अवसरमा प्रतियोगीहरुले कुरान वाचन गरेर सुनाएका थिए ।

कार्यक्रमको शुभारम्भ गर्दै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले पहिलो चरणमा पुरुष विद्यार्थीहरुको प्रतिष्पर्धा रहेको र जसमा ४७ प्रतिष्पर्धीले सहभागिता जनाउने बताउनु भयो । आज चौथो टोलीको प्रतियोगिता शुरु भएको छ । प्रतियागितामा सय जना मुस्लिम महिलाले दर्खास्त दिएकोमा उमेरका कारण ७७ महिला मात्र छनोट भएको बताउनु भयो । उहाँले यस्ता कार्यक्रमहरुमा सरकारको सहयोगको आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चौथो ब्याचको प्रतिष्पर्धा हुन गइरहेको छ । पहिलो चरणमा पुरुष विद्यार्थीहरुको छ । जुन आज सय जना पुरुष र सय जना महिलाको थियो । जसमध्ये जम्मा दर्खास्तमा पुरुषबाट ८० परेको थियो । उमेरका कारण पुरुषमा ४७ जना प्रतिष्पर्धी छनोट हुनुभएको छ । त्यस्तै महिलामा सय महिलाले दर्खास्त दिनुभएको थियो । उमेरका कारण ७७ जना हुनुहुन्छ । २३ जना छनोट हुन सक्नुभएन । फस्र्ट ब्याचमा १५ देखि ३५ वर्ष उमेरसमूहको थियो । जुम मार्फत छनोट गरेका थियौँ । ५० जनाको छनोट हुनुभएको छ । सेकेण्ट ब्याचमा पनि ५० जना भएकोमा १४३ जनाले दर्खास्त गर्नुभएकोमा ५० जना हुनुहुन्छ । थर्ड ब्राञ्चमा ५० जनाको सिटमा ८७ जना दर्खास्त दिनुभएकोमा अरु अनलाइनमार्फत छनोट भएर ५० छनोट हुनुभएको छ । यो शुरुवात आज हुँदैछ ।’

उहाँले अभिभावकहरुले आफ्ना बालबालिकासँगै बसेर प्रतिष्पर्धा हेर्न सक्ने बताउनु भयो ।