३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कपको फाइनल आजः उपाधिका लागि कतार र जोर्डन भिड्दै



अ+ अ-

काठमाडौँ । एएफसी एसियन कपको फाइनल आज शनिबार हुँदैछ । उपाधिका लागि आयोजक कतार र जोर्डन भिड्दैछन् ।

नेपाली समयानुसार राति पौने नौ बजे लुसैल रंगशालामा फाइनल खेल सुरु हुनेछ । साविक विजेता समेत रहेको कतार घरेलु समर्थककाबीच उपाधि रक्षा गर्न चाहन्छ । यता, जोर्डन भने आयोजक कतारलाई स्तब्ध पार्दै पहिलोपटक एसिया कपको उपाधि उचाल्न चाहन्छ ।

जारी एसिया कपमा कतारको फाइनल यात्रा यस्तो रह्यो
– समूह ए मा शीर्षस्थानमा रहँदै नकआउट चरणमा प्रवेश
– अन्तिम १६ मा प्यालेस्टाइनलाई २–१ गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश
– क्वाटरफाइनलमा उज्वेकिस्तानलाई पेनाल्टीमा ३–२ ले हराउँदै सेमिफाइनलमा
– सेमिफाइनलमा इरानलाई ३–२ गोलले हराउँदै फाइनलमा

जारी एसिया कपमा जोर्डनको फाइनल यात्रा यस्तो रह्यो
– समूह इ मा तेस्रो स्थानमा रहेको जोर्डनले अन्तिम १६ मा इराकलाई ३–२ गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश
– क्वाटरफाइनलमा ताजिकिस्तानलाई १–० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश
– सेमिफाइनलमा दक्षिण कोरियालाई २–० गोलले हराउँदै फाइनलमा प्रवेश