२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना हुलाकमार्फत घरघरमै राहदानी फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कपको फाइनल आजः उपाधिका लागि कतार र जोर्डन भिड्दै



अ+ अ-

काठमाडौँ । एएफसी एसियन कपको फाइनल आज शनिबार हुँदैछ । उपाधिका लागि आयोजक कतार र जोर्डन भिड्दैछन् ।

नेपाली समयानुसार राति पौने नौ बजे लुसैल रंगशालामा फाइनल खेल सुरु हुनेछ । साविक विजेता समेत रहेको कतार घरेलु समर्थककाबीच उपाधि रक्षा गर्न चाहन्छ । यता, जोर्डन भने आयोजक कतारलाई स्तब्ध पार्दै पहिलोपटक एसिया कपको उपाधि उचाल्न चाहन्छ ।

जारी एसिया कपमा कतारको फाइनल यात्रा यस्तो रह्यो
– समूह ए मा शीर्षस्थानमा रहँदै नकआउट चरणमा प्रवेश
– अन्तिम १६ मा प्यालेस्टाइनलाई २–१ गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश
– क्वाटरफाइनलमा उज्वेकिस्तानलाई पेनाल्टीमा ३–२ ले हराउँदै सेमिफाइनलमा
– सेमिफाइनलमा इरानलाई ३–२ गोलले हराउँदै फाइनलमा

जारी एसिया कपमा जोर्डनको फाइनल यात्रा यस्तो रह्यो
– समूह इ मा तेस्रो स्थानमा रहेको जोर्डनले अन्तिम १६ मा इराकलाई ३–२ गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश
– क्वाटरफाइनलमा ताजिकिस्तानलाई १–० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश
– सेमिफाइनलमा दक्षिण कोरियालाई २–० गोलले हराउँदै फाइनलमा प्रवेश