२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

उपभोग्य वस्तुको भाउ २० प्रतिशतले बढ्यो

उपभोग्य वस्तुको भाउ २० प्रतिशतले बढ्यो
अ अ+ अ-

काठमाडौँ । पछिल्लो पटक दैनिक उपभोग्य वस्तुको भाउ महँगिएको छ । पछिल्लो एक वर्षको बिचमा भाउ नबढेको उपभोग्य वस्तु नै छैन । एक हजार रुपियाँले चार जनाको परिवारलाई दुई छाक टार्न गाह्रो भएको अनुभव घरेलु श्रमिकका रूपमा काम गर्ने सन्जुमाया गुरुङले सुनाउनुभयो । उहाँले भन्नुभयो, “काम गरेको ठाउँमा तलब बढेको छैन, एक वर्षको बिचमा खाने कुराको भाउ बढेर कहाँ पुग्यो कसरी बाँच्ने हो रु गरिबलाई त बाँच्नै गाह्रो भइसक्यो ।” सबैभन्दा सस्तो चामलको भाउ प्रतिकेजी ८० रुपियाँ पुगेको छ, खाने कुरा तरकारी सबै यसै गरी बढेको छ । सन्जुमाया त एउटा प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । महँगीको मारमा दैनिक काम गरेर कमाएको ज्यालाले परिवार पाल्नुपर्ने र न्यून आय भएका आमउपभोक्ता परेका छन् ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार गएको एक वर्षको बिचमा सबैजसो उपभोग्य वस्तुको भाउ औसतमा २० प्रतिशतले महँगिएको छ । सङ्घका अध्यक्ष पवित्र वज्राचार्यले एक वर्षयताका हरेक उपभोग्य वस्तुको मूल्य विश्लेषण गरेर हेर्दा कुनै १० देखि ५० प्रतिशतसम्म महँगिए पनि औसतमा २० प्रतिशत महँगो भएको पाइएको जानकारी दिनुभयो ।

सङ्घका अनुसार गत माघमा प्रतिकेजी ६५ देखि ७० रुपियाँ रहेको गहुँको आँटा बढेर ९५ रुपियाँ हुँदै अहिले ८० रुपियाँमा कारोबार भएको छ । यस्तै मैदा प्रतिकेजी ६५ रुपियाँबाट ११० रुपियाँसम्म पुगेर अहिले घटेर प्रतिकेजी ७५ रुपियाँमा किनबेच भइरहेको छ । सङ्घका अध्यक्ष वज्राचार्यले गहुँको आँटा र मैदाको भाउ केही घटे पनि यसबाट तयार गरिने बिस्कुट र पाउरोटीका परिकार नघटेको बताउनुभयो । चामल, दाल, गेडागुडी, चिउरालगायतका सामान १० देखि १५ प्रतिशतसम्म महँगिएको उहाँको भनाइ छ ।

असन चोकमा खुद्रा व्यापार गर्दै आएका खुद्रा व्यापार सङ्घका महासचिव अमुलकाजी तुलाधरले अधिकांश खाद्य वस्तुको भाउ महँगो भएकाले उपभोगमा ठुलो ह्रास आएको अनुभव सुनाउनुभयो । वर्षौंदेखि सोही चोकमा व्यापार गर्दै आएका तुलाधरले भन्नुभयो, “हरेक महिना चार केजी दाल, चार केजी गेडागुडी किन्ने उपभोक्ताले आधा घटाएर दुईरदुई केजीमा सीमित गरेका छन् । राम्रो ब्रान्डको चामल किन्नेले सस्तो ब्रान्डको चामल किन्न थालेका छन् ।”

उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले महँगो भएका विषयमा बढी खाद्य वस्तु मात्रै बाहिर आउँछन् तर एक वर्षको बिचमा लत्ताकपडा, भाँडाकुँडा, विद्युतीय सामग्रीलगायतका सबै वस्तुको भाउ बढेको बताउनुभयो । उहाँले सरकारसँग बजारमा कुन वस्तुको कति माग हो, कति खपत हुन्छ भन्ने कुनै तथ्याङ्क नभएका कारण बजार केही मुठीभर व्यापारीको नियन्त्रणमा भएकाले उपभोक्ता सधैँ मारमा पर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

त्यसो त नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको छ महिनाको उपभोग्य वस्तुको मूल्यवृद्धि मङ्सिरसम्म लगातार घटे पनि पुसदेखि बढेको तथ्याङ्क सार्वजनिक गरेको छ । तर पुसमा पुन: बढेर वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५।२६ प्रतिशत रहेको राष्ट्र बैङ्कले जनाएको छ । अघिल्लो वर्ष देखिएको उच्च मुद्रास्फीतिको ‘बेस इफेक्ट’ ले असोजको तुलनामा कात्तिकमा महँगी घटेको थियो ।

गत आव २०७९/८० पुसमा वार्षिक बिन्दुगत मुद्रास्फीति ७ दशमलव २६ प्रतिशत थियो । गैरखाद्य तथा सेवा क्षेत्रभन्दा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति उच्च रहेको राष्ट्र बैङ्कले जनाएको छ । पुसमा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ५ दशमलव ७७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४।८५ प्रतिशत रहेको राष्ट्र बैङ्कले जनाएको छ । २०८० पुसमा घिउ तथा तेल, तरकारी, मासु तथा माछा र यातायात उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्‍क घटेको राष्ट्र बैङ्कले जनाएको छ । मरमसला र चिनी तथा चिनीजन्य वस्तु उपसमूहको सूचकाङ्‍कमा समेत क्रमश: कमी आइरहेको राष्ट्र बैङ्कले जनाएको छ । वार्षिक बिन्दुगत आधारमा २०८० पुस महिनामा आयात मूल्य सूचकाङ्‍क, तलब तथा ज्यालादर र थोक मूल्य सूचकाङ्‍कको वृद्धिदरमा समेत कमी आएको छ । आज छापिएको गोरखापत्र दैनिकमा खबर छ ।