२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा

यस्ता बिरामीले लसुनको प्रयोग गरे ज्यान जाने खतरा !

यस्ता बिरामीले लसुनको प्रयोग गरे ज्यान जाने खतरा !
अ अ+ अ-

काठमाडौं । लसुनले हाम्रो खानालाई मीठो बनाउने मात्रै होइन, यसमा पाइने धेरै किसिमका पौष्टिक तत्वहरूले हाम्रो शरीरलाई स्वास्थ्य रहन धेरै मद्दत गर्दछ । लसुनको प्रयोग गर्न जाने धेरै रोगको ओखती हुन्छ ।

लसुन नियमित खानाले स्वास्थ्यमा सुधार आउने र केही खतरनाक शारीरिक समस्या र रोगहरूबाट पनि बच्न सकिन्छ तर लसुनले सबै मानिसलाई राम्रो गर्छ भन्ने छैन । लसुनको प्रयोग गर्दा आफ्नो स्वस्थ्य अवस्थाका विषयमा जानकार हुनु जरुर छ किनभने सबै किसिमका रोगहरुमा लसुनको प्रयोगले फाइदाँ गर्दैन ।

कुनै कुनै रोगहरु यस्ता हुन्छन् कि लसुनको प्रयोग गर्दा थप दुख पाइन्छ भने कतिमा त ज्यान जानेसम्मको अवस्था श्रृजना हुनसक्छ । केही रोगिहरुले लसुनको सेवन वर्जित गर्दा नै फाइदा हुन्छ । थप जानकारीका लागि भने तपाईले डाक्टरसँग सल्लाह लिनु सबै भन्दा बढि बुद्धिमानी हुन्छ ।

लसुनको सेवन गर्दा ध्यान दिनुपर्ने कुराहरु :

शल्यक्रिया गर्न लागेको व्यक्ति–  कुनै पनि किसिमको सर्जरी गर्नुभन्दा २ हप्ता अगाडि देखि लसुन खान छोड्नुपर्दछ किनभने, लसुनले गर्दा सर्जरी पछि रगत नजम्ने हुन्छ र घाउ बिस्तारै पाकेर सङ्क्रमित हुने गर्दछ ।

जन्डिस– जन्डिस भएकाले लसुन खाएमा जन्डिस बिग्रिन सक्ने भएकाले त्यस्ता मानिसले लसुन खानु हुदैन । कलेजो सम्बन्धी समस्या भएकाका लागि लसुन उपयुक्त मानिदैन ।

कम रक्तचाप भएको व्यक्ति– लसुनको सेवनले शरीरमा नाइट्रिक अक्साइड र हाइड्रोजन सल्फाइड जस्ता रसायनहरूको निर्माणमा मद्दत पुर्याउँदछ । यी रसायनहरूले मुटुको धमनीहरूलाई आराम दिने गर्दछन् । उच्च रक्तचाप हुनेहरूको लागि लसुन फाइदाजनक हुन्छ तर कम रक्तचाप हुनेहरूको लागि भने लसुनको सेवन खतरनाक हुन जान्छ ।

सुत्केरी अवस्था– सुत्केरी अवस्थामा सामान्य मात्रामा लसुन खादा हुन्छ । तर बढीमात्रामा खायो भने सुत्केरी र स्तनपान गराउने महिलालाई राम्रो गर्दैन ।

झाडापखाला लागेको व्यक्ति– झाडापखालाले ग्रसित भएको व्यक्तिले लसुनको सेवन गरेमा, यसको पीरो स्वादले आन्द्रालाई नकारात्मक असर पुर्याउँदछ, जसको कारण आन्द्रामा घाउ हुन जान्छ र यस्तो अवस्थालाई ‘इन्टेस्टाइनल म्युकोसल हाइपरिमिया’ भनिन्छ । यस्तो अवस्था हुँदा, दिसा गर्दा कडा पेट दुख्ने, दिशामा रगत देखिने, रिङ्गटा लाग्ने र बान्ता हुने जस्ता लक्षणहरू देखा पर्दछन् । त्यसैले, झाडापखाला लाग्दा लसुनको सेवन नगर्नुहोस्।

आँखाको रोग भएको व्यक्ति– आँखाका रोगीहरूले लसुनको सेवन गर्नुहुँदैन । विशेष गरी आँखा पाकेको व्यक्तिलाई लसुनले हानी पुर्याउने गर्दछ, साथै आँखाबाट रगत पनि निकाल्न सक्दछ । यो रोगीले लसुनको सेवन गरेमा आँखामा बादल लागेजस्तो हुने, आँखा दुख्ने, टाउको दुख्ने, स्मरण शक्ति घट्दै जाने जस्ता लक्षणहरू देखा पर्दछन् ।

पेटको समस्या– आन्द्रामा ग्यास जम्मा भएकाले पेट दुखेर अथवा पेट पोलेर हैरान हुनसक्छ त्यसैले पेटको समस्या भएकाले लसुन खानु हुदैन ।

यसैले यस्ता बिरामी भएका मानिसहरुले लसुनको प्रयोग सकेसम्म नगरेकै राम्रो । एजेन्सीको सहयोगमा ।