२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञानेन्द्रलाई श्रीपेच लगाएर खुट्टामा दाम चढाएर राजा बनाएको स्मरण गर्न दलहरुलाई राजेन्द्रको आग्रह



अ+ अ-

उदयपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले दरबार हत्या काण्डमा राजा ज्ञानेन्द्रको संलग्नता भएको प्रमाण पुऱ्याएर उनि माथी कारबाही गर्न दलहरु लाई चुनौती दिएका छन् ।

उदयपुरको बेलका नगरपालिकाको रामपुरमा शुक्रबार आयोजित राप्रपा बेलका नगर समितिले आयोजना गरेको सभामा बोल्दै उनले बिना प्रमाण र आधारमा राजालाई उक्त हत्या काण्डमा बदनाम गराउने उदेश्यले दलहरुले मुछ्ने प्रयास गरेको बताए ।

दरबार हत्या काण्ड भएको बेलाका प्रत्यक्षदर्शीहरु अहिले पनि जीवितै छन् उनीहरुसङ बयान लिएर, प्रमाण जुटाएर कारबाही गरे भै गयो नि ” उनले भने बिना प्रमाण कसैलाई बदनाम गराउने उदेश्यले जथाभावी बोल्न नहुने उनले बताए ।

उनले दरबार हत्या काण्डपछि काङ्ग्रेस, एमालेले उनै ज्ञानेन्द्रलाई श्रीपेच लगाएर खुट्टामा दाम चढाएर राजा बनाएको स्मरण गर्न आग्रह समेत गरेका छन् । आफै राजा बनाउने अनि आफै राजालाई हत्यारा भनेर आरोपित गर्ने ? उनले भने ।

उनले २०४६ सालको परिवर्तनपछि एउटै पात्र र एउटै प्रवृत्तिबाट देश संचालन हुँदा देशमा बिकास हुन नसकेको बताए । ”प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे भने पनि असफल तिनै पार्टी र त्यहि नेताबाट शासनको निरन्तरताले मुलुकले प्रगति गर्न नसकेको उनले आरोप लगाए ।

उनले नेतृत्व इमानदार र देशभक्त हुन नसक्दा तिन दशकमा मुलुक बन्न नसकेको, भ्रष्टाचार र लूटत्रन्त्र हाबी भएको बताए । पहिले कहॅा भ्रष्टाचार हुन्छ भनेर खोज्नु पर्थ्यो तर अहिले भ्रष्टाचार कहॅा छैन भन्नुपर्ने अवस्था रहेको उनले बताए ।

बिगतको चुनावमा गरेको गल्तीको कारण अहिले जनताले दुख पाएको उनले बताए । जहिले पनि काग्रेस, एमाले र माओबादीलाई सत्तामा पुऱ्याएको कारण मुलुकको अबस्था दिनप्रतिदिन नाजुक बन्दै गएको उनले बताए ।

अब बिगतको गल्तीलाइ सच्याउदै सहि पार्टी र नेतालाई नेतृत्वमा ल्याएर मुलुकलाई समृद्धि तर्फ अघि बढाउनुपर्छ, अहिलेको अवस्था आउनुमा राजनीतिक दलको मात्रै दोषी होइनन् तिनलाई मत दिने मतदाता पनि दोषी रहेको उनले गुनासो गरेका छन् । हामी राजनीतिमा विकल्प सहित आएका छौं, अब राप्रपा बाहेक अरुलाइ नेतृत्व दिन नहुने उनले बताए । आमसभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, प्रवक्ताद्वय भक्ति सिटौला, ज्ञानेन्द्र शाही, खुस्बु ओली लगायतले सम्बोधन गर्नुभएको छ।