• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा ★   सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो … ★   गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान ★   सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी ★   रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली ★   बुद्धजयन्ती मनाइयो-फोटो फिचर ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक

पाकिस्तानको निर्वाचन नतिजा: पीटीआई समर्थित स्वतन्त्रलाई पछ्याउँदै पीएमएल–एन



इस्लामाबाद । जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको दल पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) को समर्थन रहेका स्वतन्त्र उम्मेदवारले पाकिस्तानको चुनावमा सेनाको समर्थन रहेको ठानिएका दुई वंशवादी दलको अगाडि अग्रता लिएका छन् ।

खानलाई बिहीबारको चुनावमा भाग लिनबाट रोक लगाइएको थियो र उहाँको पार्टी पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) ले व्यापक दमनको सामना गर्नुपरेको थियो ।

पीटीआईलाई चुनावी र्‍यालीहरू गर्नबाट रोकिएको थियो र पीटीआईलाई चिनिएको चुनाव चिन्ह् ‘क्रिकेट व्याट’ पनि लिन दिइएको थिएन र मतपत्रबाट नै हटाइएको थियो । जसका कारण पीटीआईप्रति बफादार उम्मेदवारहरूले स्वतन्त्र रूपमा चुनाव लड्न बाध्य भएका थिए ।

तर आधिकारिक नतिजाअनुसार पीटीआईसमर्थित स्वतन्त्र उम्मेदवारले अहिलेसम्म करिब ४६ सिट जितेका छन् भने पाकिस्तान मुस्लिम लिग–नवाज ९पीएमएल–एन० ले ३८ र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) ले ३१ सिट जितेका छन् ।

पीटीआई समर्थित उम्मेदवारहरूले जितेका अधिकांश सीटहरू खैबर पख्तुनख्वाको गढमा थिए, जबकि पञ्जाबको सबैभन्दा बढी जनसंख्या भएको प्रान्तको परिणाम अझै आउन बाँकी छ । सन् २०१८ मा सम्पन्न पछिल्लो चुनावमा पीटीआईले जितेको पञ्जावमा त्यसपहिले सरिफ परिवार ऐतिहासिक रूपमा हावी रहेको स्थान हो ।

अंग्रेजी भाषाको एक्सप्रेस ट्रिब्यून पत्रिकाको हेडलाइनमा भनिएको छ, “पीटीआई समर्थित उम्मेदवारहरूको बाधा र अवहेलनालाई सामना गर्दै स्वतन्त्रहरूले निर्वाचन परिणाममा चक्मा दिँदैछन् ।”

पाकिस्तानको येल विश्वविद्यालयमा राजनीतिशास्त्रका सहायक प्राध्यापक सारा खानले एएफपीसँग भन्नुभयो, “नतिजाबारे निश्चितताको भावना थियो ।”

उहाँले थप्नुभयो, “निर्वाचनबारेको निश्चितताको भावनालाई चुनौती दिँदै निर्वाचन परिणामले दलहरूलाई चकित तुल्याएको छ ।”