११ माघ २०८१, शुक्रबार
,
Latest
प्रधानमन्त्री ओली अस्वस्थ, बगनासकाली गाउँपपालिकाको प्रशासकीय भवनको भर्चुअलरुपमा उद्घाटन फिल्म निर्माता रामगोपाल वर्मालाई ३ महिनाको जेल सजाय दक्षिणी क्यालिफोर्नियाको नयाँ क्षेत्रमा आगलागी, युनिभर्सिटीलाई तत्काल खाली गर्न निर्देशन मलेसिया ४५ रनमा अलआउट, पूजाले एक्लैले लिइन् ४ विकेट मुलुक एकात्मक शासन व्यवस्थाभन्दा माथि उठ्न सकेनः मुख्य न्यायाधिवक्ता महतो नेपालमा व्यावसायिक गतिविधि बढाउन पाकिस्तान सरकारलाई मन्त्री भण्डारीको आग्रह गाजाको भग्नावशेष हटाउन पाँच बर्ष लाग्ने सिद्धबाबा सुरुङ ‘ब्रेक थ्रु’ हुँदै कांग्रेस संसदीय दलको बैठक बस्दै सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’मा प्रधानमन्त्री नजाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

तँपाईलाई थाहा छ, कुकुरले बिजुलीको खम्बा र टायरमा किन फेर्छ पिसाब ?



अ+ अ-

काठमाडौं । हामीलै कयौपटक कुकुरले बिजुलीको खम्बा (पोल) र गाडीका टायरमा पिसाब गरेको देखेका हुन्छौ । तर हामीले कुकुरलाई यी स्थान किन मन पर्छन वा किन पिसाब गर्छन् भन्ने बारेमा सोचेका छौ त ? आज हामी यसको कारणको बारेमा चर्चा गर्छौ ।

कुकुर मानिसको लागि सबैभन्दा वफादार प्राणी हो । कहिले कहिले त कुकुर मानिस भन्दा पनि धेरै वफादार हुने गर्छ । यसको साथै कुकुर अन्य जनावरको तुलनामा धेरै सामाजिक पनि हुन्छन् । कारको टायर र बिजुलीको खम्बामा पिसाब गर्नुको कारण एक तथ सामाजिक कारण हो । यस्तो स्थानमा पिसाब गरेर कुकुरले अर्को कुकुरलाई आफ्नो गन्ध छाड्न चाहन्छ ।

सामान्य रुपमा कुकुरको पिसाबको लागि यस्तो स्थानलाई महत्व दिन्छन्, जहाँ सिधा उभिएको होस् । यस्तो सिधा स्थानमा कुकुरको पिसाबको निशाना ठिक ठाउँमा पर्छ र खुलेर पिसाब गर्न सक्छ । योसँगै अन्य कुकुरको लागि नाकको उचाईमा आफ्नो पिसाबको गन्ध छाड्न चाहन्छ ।

पिसाबको गन्ध वर्टिकल सतहमा धेरै समयसम्म रहने भएकोले कुकुरले आफू यो स्थानको उक्त इलाकामा भएको जानकारी अर्को कुकुरलाई दिने गर्छ । यसको मतलव अर्को कुकुरलाई आफ्नो इलाकाको क्षेत्र पनि परिचित गराएको हो ।