२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाप्रति गगनको टिप्पणी: जादुगर हुँ भन्दै आएर संविधानमाथि प्रहार गरिरहेका छन्



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ राजनीतिक दलहरुबाट पनि संविधानमाथि प्रहार भइरहेको आरोप लगाउनुभएको छ ।

शुक्रवार नेपाली काँग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उहाँले निर्वाचनमा भग लिएको जस्तो देखिएपनि इतिहासलाई मेटाउने, संघर्षका दिनहरुलाई मेटाउने काममा लागेको बताउनु भयो । उहाँले आफू जादुगर हुँ भन्दै आउनेहरु लोकरिजाँईको राजनीति गरेर संविधानमाथि निरन्तर प्रहार गरिरहेको बताउनु भयो । उहाँले संविधानमाथि प्रहार गर्नेहरुलाई चिनेर चिरफार गर्नुपर्ने बताउनु भयो । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति लक्षित गर्दै विगतको अध्याँरोको बारेमा चर्चा गरेर अहिलेको कामलाई ओझोलमा पार्ने काम गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज हाम्रो संविधानमाथि आएका प्रहार कहाँबाट आएका छन् । एउटा प्रहार र कोण छ, त्यो नयाँ, नचिनेको र नहराएको पात्र होइनन् । तिनको हातबाट खोसेर जनताको यो संविधान बनाएका हो । तिनलाई यो व्यवस्था मन पर्दैन भन्ने राम्रोसँग थाहा छ । तिनीहरु हिजोको अध्याँरोको बारेमा चर्चा गर्दछन् भन्ने पनि राम्रोसँग थाहा छ । त्यो पुन:रुत्थानवादी प्रवृत्ति हिजो पनि थियो, आज पनि छ र त्यसलाई हामीले चिन्नुपर्छ । योसँगै अर्को एउटा प्रवृत्ति आएको छ ।’

‘जसले हेर्दै गर्दा संविधान मानेको जस्तो देखिन्छ । जसले निर्वाचनमा भग लिएको जस्तो देखिन्छ तर ख्याल गर्ने हो हामीले भने यसले हाम्रो इतिहासलाई डिसमिस गर्दछ । यसले हाम्रो संघर्षका दिनहरुलाई डिसमिस गर्दछ । यसले गणेशमान मान्दैन, यसले बिपी कोईराला मान्दैन । यसले २०४६ सालको आन्दोलन मान्दैन । यसले ०६२ सालको आन्दोलन मान्दैन । यसले हाम्रो संघर्षको उपहास गर्दछ । यसले विधि, प्रक्रिया मान्दैन । म जादुगर हुँ भनेर आउँछ । यो पनि यो लोकरिजाँईको राजनीति पनि यसले पनि संविधानमाथि लगातार प्रहार गरिरहेको छ । संविधान माथिको प्रहारहरु छ भनेर यसको विवेचना गर्ने यसलाई टुलुटुलु हेरेर बस्ने होइन, चिनेर चिर्ने हो ।’

महामन्त्री थापाले नेपाली काँग्रेसलाई देशमा संकट छ भन्ने छुट नरहेको बताउनु भयो । उहाँले देश सम्हाल्ने काम काँग्रेसको भएको बताउनु भयो । उहाँले सुशासनलाई पार्टीले मन्त्र बनाएर अघि बढ्नुपर्ने बताउनु भयो ।