२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाप्रति गगनको टिप्पणी: जादुगर हुँ भन्दै आएर संविधानमाथि प्रहार गरिरहेका छन्



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ राजनीतिक दलहरुबाट पनि संविधानमाथि प्रहार भइरहेको आरोप लगाउनुभएको छ ।

शुक्रवार नेपाली काँग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उहाँले निर्वाचनमा भग लिएको जस्तो देखिएपनि इतिहासलाई मेटाउने, संघर्षका दिनहरुलाई मेटाउने काममा लागेको बताउनु भयो । उहाँले आफू जादुगर हुँ भन्दै आउनेहरु लोकरिजाँईको राजनीति गरेर संविधानमाथि निरन्तर प्रहार गरिरहेको बताउनु भयो । उहाँले संविधानमाथि प्रहार गर्नेहरुलाई चिनेर चिरफार गर्नुपर्ने बताउनु भयो । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति लक्षित गर्दै विगतको अध्याँरोको बारेमा चर्चा गरेर अहिलेको कामलाई ओझोलमा पार्ने काम गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज हाम्रो संविधानमाथि आएका प्रहार कहाँबाट आएका छन् । एउटा प्रहार र कोण छ, त्यो नयाँ, नचिनेको र नहराएको पात्र होइनन् । तिनको हातबाट खोसेर जनताको यो संविधान बनाएका हो । तिनलाई यो व्यवस्था मन पर्दैन भन्ने राम्रोसँग थाहा छ । तिनीहरु हिजोको अध्याँरोको बारेमा चर्चा गर्दछन् भन्ने पनि राम्रोसँग थाहा छ । त्यो पुन:रुत्थानवादी प्रवृत्ति हिजो पनि थियो, आज पनि छ र त्यसलाई हामीले चिन्नुपर्छ । योसँगै अर्को एउटा प्रवृत्ति आएको छ ।’

‘जसले हेर्दै गर्दा संविधान मानेको जस्तो देखिन्छ । जसले निर्वाचनमा भग लिएको जस्तो देखिन्छ तर ख्याल गर्ने हो हामीले भने यसले हाम्रो इतिहासलाई डिसमिस गर्दछ । यसले हाम्रो संघर्षका दिनहरुलाई डिसमिस गर्दछ । यसले गणेशमान मान्दैन, यसले बिपी कोईराला मान्दैन । यसले २०४६ सालको आन्दोलन मान्दैन । यसले ०६२ सालको आन्दोलन मान्दैन । यसले हाम्रो संघर्षको उपहास गर्दछ । यसले विधि, प्रक्रिया मान्दैन । म जादुगर हुँ भनेर आउँछ । यो पनि यो लोकरिजाँईको राजनीति पनि यसले पनि संविधानमाथि लगातार प्रहार गरिरहेको छ । संविधान माथिको प्रहारहरु छ भनेर यसको विवेचना गर्ने यसलाई टुलुटुलु हेरेर बस्ने होइन, चिनेर चिर्ने हो ।’

महामन्त्री थापाले नेपाली काँग्रेसलाई देशमा संकट छ भन्ने छुट नरहेको बताउनु भयो । उहाँले देश सम्हाल्ने काम काँग्रेसको भएको बताउनु भयो । उहाँले सुशासनलाई पार्टीले मन्त्र बनाएर अघि बढ्नुपर्ने बताउनु भयो ।




भर्खरै