काठमाडौँ । गोपीकृष्ण हल बन्द हुने भएको छ । २०५२ सालदेखि गोपी कृष्ण मुभिज् प्रा.लि ले सञ्चालन गर्दै आएको उक्त हल आर्थिक संकटको कारण देखाउँदै बन्दको घोषणा गरिएको हो ।
एक विज्ञप्ती जारी गर्दै प्रबन्ध निर्देशक निरक पौडेलले व्यावसायिक मन्दीका कारण फागुनको १ गतेबाट गोपी कृष्ण मुभिज बन्द गर्न लागेको जानकारी दिए। उनले भनेका छन्, ‘कोरोनाको संक्रमण कालदेखि नै चलचित्र क्षेत्रमा आएको व्यावसायिक मन्दीका कारण यस प्रा।लि।ले व्यहोर्नु परेको ठुलो आर्थिक घाटा तथा राज्यको विद्यमान कर प्रणालीले गर्दा चलचित्र निर्माण, प्रदर्शन तथा वितरणमा देशको अग्रणी स्थानमा रही विगत पाँच दशकदेखि सक्रिय रहेको यस व्यवसायलाई बन्द गर्नुको पीडा व्यक्त गर्न सकिन्न नै’।
साथै, कम्पनीले सबैबाट प्राप्त सहयोग, सद्भाव तथा आत्मीयताका लागि आभार प्रकट गरेको छ ।











