५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानस्थलमा हातपात प्रकरण: तीन प्रहरीको सरुवा



अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृतसँग हातपात घटनामा संलग्न तीन प्रहरी अधिकारीलाई विमानस्थलबाट सरुवा गरिएको छ ।

सरुवा हुनेमा प्रहरी सहायक निरीक्षक सञ्जय तामाङ, प्रहरी जवान रविरञ्जन गुप्ता र राजकुमार महतो रहेका छन् । उनीहरुलाई उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा सरुवा गरिएको एक प्रहरी अधिकृतले बताए ।

माघ १२ गते विमानस्थलमा अध्यागमन अधिकृत छायाँलाल मोक्तान र विमानस्थलमा जाँचमा खटिएका प्रहरीहरूबीच हातपात भएको थियो ।

दुई पक्षबीच हातपात भएपछि गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा डिआइजी राजेशनाथ बाँस्तोला र अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसीसहितको समिति बनाएको थियो । समितिले असई तामाङलाई निलम्बन र दुई जवानलाई विभागीय कारबाहीका लागि सिफारिस गरेको थियो । समितिको सिफारिस अनुसार कारबाही प्रक्रिया अघि बढाउन उनीहरूलाई रानीपाखेरीमा काज गरिएको बताईएको छ ।

समितिले अधिकृत छायालाल मोक्तानलाई पनि जिम्मेवारीबाट हटाएर विभागीय कारबाहीमा सिफारिस गरेको छ ।