३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु परिवर्तनले २१ मिलियन अफगानी सफा पानीको पहुँचबाट वञ्चित



अ+ अ-

एजेन्सी । अफगानिस्तानको राष्ट्रिय वातावरण कार्यक्रम एजेन्सी (एनइपिए) का उपप्रमुख अब्दुल सलाम हक्कानीले जलवायु परिवर्तन र लगातारको खडेरीले अफगानिस्तानको लगभग आधा जनसंख्यालाई पिउने पानीको पहुँचबाट वञ्चित गरेको बताउनुभएको छ ।

देशको आधा जनसंख्या लगभग २१ मिलियन मानिसहरूले पानीको अभावको सामना गरिरहेका छन् । उनीहरूसँग सफा पिउने पानीको पहुँच छैन । हक्कानीले जलवायु परिवर्तनले पनि युद्धग्रस्त देशका ३ प्रतिशत जङ्गल नष्ट गरेको र वर्षा ३७ प्रतिशतले घटेको बताउनु भयो ।

अफगानिस्तानले वर्षौंदेखि खडेरीको सामना गरिरहेको छ । जसले राष्ट्रिय राजधानी काबुलसहित भूमिगत पानीको मन्दी निम्त्याएको छ । शहरका करिब ६ मिलियन मानिसहरूका प्रमुख भागहरूले चरम पानीको अभावको सामना गरिरहेका छन् ।

नेपाको जलवायु परिवर्तन विभागका प्रमुख रोहुल्लाह अमिनले जलवायु परिवर्तनका कारण उत्पन्न हुने समस्याको सामना गर्न अनुमानित २० अर्ब अमेरिकी डलर आवश्यक पर्ने बताउनुभएको छ ।