२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडाले ४० ओभरमा पाँच विकेट गुमाएर एक सय ९५ रन बनायो



अ+ अ-

काठमाडौँ । ओडिआई सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले क्यानडाको पाँच विकेट झारेको छ । क्यानडाको पाँचौ विकेटमा श्रेयर मोभ्या आउट भए । उनलाई कप्तान रोहित पौडेलले आउट गराएका हुन् ।

नेपालले दिएको दुई सय २५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४० ओभरमा पाँच विकेट गुमाएर एक सय ९५ रन बनाएको छ । क्यानडालाई जितका लागि अब ५८ बलमा ३० रन आवश्यक छ ।

क्यानडाले २.५ ओभरमै आफ्नो पहिलो विकेट गुमाएको थियो । एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको आफ्नो ‘डेब्यू’ खेलमै रिजन ढकालले लिएका थिए । उनले क्यानडाका ओपनर ब्याट्सम्यान नवनित धालिबललाई ६ रनमा आउट गराएका थिए ।

नेपालका तिब्र गतिका बलर सोमपाल कामीले क्यानडाको दोस्रो विकेट झारेका थिए । ओपनर एरोन जोन्सन पाँचौ ओभरको अन्तिम बलमा २० रन बटुल्दै आउट भएका थिए ।

क्यानडाको तेस्रो विकेट कप्तान रोहित पौडेलले लिएका थिए । रोहितले ब्याट्सम्यान परगत सिंहलाई ५० रनमा पेभेलियन फर्काएका थिए । परगत सिंहले ५८ बलमा नौ चौका हिर्काएका थिए ।

क्यानडाको चौथो विकेट कुशल मल्लले लिएका थिए । उनले क्यानडाका ब्याट्सम्यान हर्ष ठाकेरलाई ३२ रनमा आउट गराएका थिए ।