• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

कोरोना पोजेटिभ भएका मिचेल मार्सले अष्ट्रेलियाको कप्तानी गर्ने, खेलाडीसँग सम्पर्कमा नआउने



एजेन्सी । अस्ट्रेलिया र वेस्ट इन्डिजबीचको तीन खेलको टी–२० सिरिजअघि अष्ट्रेलियाको समस्या बढेको छ । कंगारु टोलीका कप्तान मिचेल मार्समा कोरोना संक्रमण देखिएको छ ।

कोभिड पोजेटिभ भए पनि मिचेल पहिलो टी–२० खेल खेल्दै देखिनेछन् ।

क्रिकेट अष्ट्रेलियाको प्रोटोकल अनुसार मिचेल मार्सले टोलीको नेतृत्व गर्नेछन् । मार्सलाई छुट्टै ड्रेसिङ रुम दिइनेछ । मिचेलले खेल खेल्नेछन्, तर उनी खेलाडीहरूसँग सम्पर्कमा आउने छैनन् र टाढाबाट खेल्नेछन् ।

अघिल्लो हप्ता, मिचेल मार्सलाई न्यूजिल्याण्ड विरुद्धको टी–२० सिरिजको लागि टोलीको कप्तानी दिइएको थियो । अस्ट्रेलियाले वेस्ट इन्डिज सिरिजमा विश्राम दिएका मिचेल स्टार्क, प्याट कमिन्स, ट्राभिस हेड र स्टिभ स्मिथलाई आफ्नो पूर्ण टोलीमा समावेश गरेको छ ।

अस्ट्रेलिया र वेस्ट इन्डिजबीच भोलि पहिलो खेल हुनेछ ।