१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

तोरी पर्यटन !

तोरी पर्यटन !
अ अ+ अ-

काठमाडौं।नेपाली भाषामा एउटा उखान छ– के मैले तेरो तोरी बारी फाँडिदिएको छु र ? यो उखानमा हुनसक्छ, तोरी किसानको महत्वपूर्ण बाली हो । त्यसैले तोरी बारी फाँड्नुलाई एक ठूलो अपराधका रुपमा यहाँ प्रस्तुत गर्न खोजिएको हुनसक्छ । यो उखानले त्यही अर्थ दिएको छ । फेरि तोरीकै नाम जोडेर अर्काे एक आशय पनि व्यक्त गर्ने गरिएको छ नेपालको ग्रामीण समाजमा । जस्तो कि गाउँमा आउने लाहुरेलाई 'तोरी लाहुरे' भन्ने गरेको पनि सुनिएको छ । तोरी लाहुरेको अर्थ के हो ? विभिन्न अर्थमा अथ्र्याएको भेटिन्छ यो वाक्यांशलाई । कतिले गाउँमा तोरी फुल्ने बेलामा लाहुरबाट लाहुरे आउने भएकाले त्यसलाई तोरी लाहुरे भन्ने गरिएको बताएका छन् ।

अनि अरु कतिपयको तर्क यो छ कि पैसा धेरै नल्याउने, सानोतिनो जागिर गरेर आउने मानौँ कि तोरी किन्ने पैसामात्र बोकेर आउने र खासै लाहुरेको जस्तो हाउभाउ र राम्रो प्रभाव नभएको मानिसलाई तोरी लाहुरे भन्ने गरिएको पनि भन्ने गरिन्छ । तर यतिखेर यहाँको प्रसंग यी फरक फरक अभिव्यक्तिका बारेको नभएर तोरी पर्यटनको हो । अहिले मिडिया, सोसल मिडियाहरुतिर हेर्दा देशभरि तोरी पर्यटन फस्टाएको सुनिएको, देखिएको छ । यो ग्रामीण क्षेत्रतिर तोरी फुल्ने सिजन नै हो । धान काटेपछि खेतमा र कोदो उठाएपछि बारीमा गहुँ या तोरी लगाउने चलन अझै छ ।

त्यसैले खेती गरेका ठाउँका गाउँका फाँटमा अहिले तोरी पहेँलपुर छ । ती तोरीफूलका तस्बिरहरुले अहिले मिडिया सोसियल मिडिया पनि रंगिएका छन् । यतिखेरको प्रसंग भने म्याग्दीको भाइरल तोरीबारीको हो । म्याग्दीको रत्नेचौरको तोरीबारी अहिले युवायुवतीहरुले टिकटक बनाउने ठाउँ बनेको छ।रत्नेचौरमा बागलुंग बजारदेखि पनि मानिसहरु गाडी लिउरै पुगे फोटो खिच्नलाई । तस्बिरमा हेर्दा लाग्छ कि युवायुवतीहरुले त्यो किसानको खाद्यान्न बाली हो भन्ने हेक्का नै राखेका छैनन् । उनीहरु बारीबारीमा छन् तोरी माडेरै तस्बिर लिने र टिकटक बनाउने काममा व्यस्त छन् ।

तस्वीरः खेमराज गौतम-रासस

सुरुका केही दिन त सायद ती किसानले थाहा पनि पाएनन् । मानिसहरु आउँथे, यसो सडकबाट तोरीसँग सेल्फि खिच्थे र जान्थे । तर पछिल्लो समयमा भने ठूलो भीड नै लाग्न थाल्यो बारीमा । अनि अहिले आएर प्रहरी नै लगाएर त्यहाँ जान नपाउने व्यवस्था गर्नुपर्यो । यसबाट हामी कति फुर्सदिला छौँ भन्ने विषयको खोजी पनि गर्न सकिन्छ । अनि युवायुवतीहरुको टिकटकप्रतिको आकर्षण कति छ भन्ने विषयमा पनि यसलाई लिन सकिन्छ । उनीहरु कति फुर्सदिला छन् या नेपालका युवायुवतीहरु फेसबुक टिकटकमा आफूलाई कति धेरै व्यस्त राख्दा रहे्छन् भन्ने पनि यसबाट बुझ्न सजिलो हुन्छ ।

यो पनि पढ्नुहोस्

बादलुको घुम्टोले छोपेको इलाम घुम्दा … (फोटो फिचर)

आफ्नो कामदाम नै छोडेर टिकटक बनाउनकै लागि गाडी बुकिंग गरेरै अर्काे जिल्लामा जाने भनेपछि यो फेसबुक क्रेजले हामी नेपालीहरुको समय कति खपत भइरहेको छ र यो उमेरको जनशक्तिले नेपाली समाजलाई कतातिर लैजाँदैछ भन्ने बारेमा पनि बुझ्न सकिन्छ । जेहोस्, पछिल्लो समयमा आन्तरिक पर्यटनको भने विकास भएको छ । पहिले पहिले पर्यटक भनेपछि गोरो छाला नै कुर्नुपर्ने होटल या पर्यटन व्यवसायीहरुले अहिले भने स्वदेशी पर्यटक नै पाउने गरेका छन् ।

यो तोरी पर्यटन पनि यसको पछिल्लो एउटा उदाहरण हो । जसले अहिले बागलुंग, पर्वत र म्याग्दीका युवायुवतीहरुलाई तस्बिर सेल्फी खिच्न तथा टिकटक बनाउनकै लागि यहाँ जम्मा गरिदिएको छ । यसैलाई अहिले गाउँघरतिर तोरी पर्यटन भनेर नाम राख्ने गरिएको छ ।