११ असार २०८३, बिहीबार
,
Latest
रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आज राति मतदान, कार्यतालिका फेरि संशोधन शिक्षामन्त्री भन्नुहुन्छ, ‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन’ राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

तोरी पर्यटन !



अ+ अ-

काठमाडौं।नेपाली भाषामा एउटा उखान छ– के मैले तेरो तोरी बारी फाँडिदिएको छु र ? यो उखानमा हुनसक्छ, तोरी किसानको महत्वपूर्ण बाली हो । त्यसैले तोरी बारी फाँड्नुलाई एक ठूलो अपराधका रुपमा यहाँ प्रस्तुत गर्न खोजिएको हुनसक्छ । यो उखानले त्यही अर्थ दिएको छ । फेरि तोरीकै नाम जोडेर अर्काे एक आशय पनि व्यक्त गर्ने गरिएको छ नेपालको ग्रामीण समाजमा । जस्तो कि गाउँमा आउने लाहुरेलाई 'तोरी लाहुरे' भन्ने गरेको पनि सुनिएको छ । तोरी लाहुरेको अर्थ के हो ? विभिन्न अर्थमा अथ्र्याएको भेटिन्छ यो वाक्यांशलाई । कतिले गाउँमा तोरी फुल्ने बेलामा लाहुरबाट लाहुरे आउने भएकाले त्यसलाई तोरी लाहुरे भन्ने गरिएको बताएका छन् ।

अनि अरु कतिपयको तर्क यो छ कि पैसा धेरै नल्याउने, सानोतिनो जागिर गरेर आउने मानौँ कि तोरी किन्ने पैसामात्र बोकेर आउने र खासै लाहुरेको जस्तो हाउभाउ र राम्रो प्रभाव नभएको मानिसलाई तोरी लाहुरे भन्ने गरिएको पनि भन्ने गरिन्छ । तर यतिखेर यहाँको प्रसंग यी फरक फरक अभिव्यक्तिका बारेको नभएर तोरी पर्यटनको हो । अहिले मिडिया, सोसल मिडियाहरुतिर हेर्दा देशभरि तोरी पर्यटन फस्टाएको सुनिएको, देखिएको छ । यो ग्रामीण क्षेत्रतिर तोरी फुल्ने सिजन नै हो । धान काटेपछि खेतमा र कोदो उठाएपछि बारीमा गहुँ या तोरी लगाउने चलन अझै छ ।

त्यसैले खेती गरेका ठाउँका गाउँका फाँटमा अहिले तोरी पहेँलपुर छ । ती तोरीफूलका तस्बिरहरुले अहिले मिडिया सोसियल मिडिया पनि रंगिएका छन् । यतिखेरको प्रसंग भने म्याग्दीको भाइरल तोरीबारीको हो । म्याग्दीको रत्नेचौरको तोरीबारी अहिले युवायुवतीहरुले टिकटक बनाउने ठाउँ बनेको छ।रत्नेचौरमा बागलुंग बजारदेखि पनि मानिसहरु गाडी लिउरै पुगे फोटो खिच्नलाई । तस्बिरमा हेर्दा लाग्छ कि युवायुवतीहरुले त्यो किसानको खाद्यान्न बाली हो भन्ने हेक्का नै राखेका छैनन् । उनीहरु बारीबारीमा छन् तोरी माडेरै तस्बिर लिने र टिकटक बनाउने काममा व्यस्त छन् ।

तस्वीरः खेमराज गौतम-रासस

सुरुका केही दिन त सायद ती किसानले थाहा पनि पाएनन् । मानिसहरु आउँथे, यसो सडकबाट तोरीसँग सेल्फि खिच्थे र जान्थे । तर पछिल्लो समयमा भने ठूलो भीड नै लाग्न थाल्यो बारीमा । अनि अहिले आएर प्रहरी नै लगाएर त्यहाँ जान नपाउने व्यवस्था गर्नुपर्यो । यसबाट हामी कति फुर्सदिला छौँ भन्ने विषयको खोजी पनि गर्न सकिन्छ । अनि युवायुवतीहरुको टिकटकप्रतिको आकर्षण कति छ भन्ने विषयमा पनि यसलाई लिन सकिन्छ । उनीहरु कति फुर्सदिला छन् या नेपालका युवायुवतीहरु फेसबुक टिकटकमा आफूलाई कति धेरै व्यस्त राख्दा रहे्छन् भन्ने पनि यसबाट बुझ्न सजिलो हुन्छ ।

यो पनि पढ्नुहोस्

बादलुको घुम्टोले छोपेको इलाम घुम्दा … (फोटो फिचर)

आफ्नो कामदाम नै छोडेर टिकटक बनाउनकै लागि गाडी बुकिंग गरेरै अर्काे जिल्लामा जाने भनेपछि यो फेसबुक क्रेजले हामी नेपालीहरुको समय कति खपत भइरहेको छ र यो उमेरको जनशक्तिले नेपाली समाजलाई कतातिर लैजाँदैछ भन्ने बारेमा पनि बुझ्न सकिन्छ । जेहोस्, पछिल्लो समयमा आन्तरिक पर्यटनको भने विकास भएको छ । पहिले पहिले पर्यटक भनेपछि गोरो छाला नै कुर्नुपर्ने होटल या पर्यटन व्यवसायीहरुले अहिले भने स्वदेशी पर्यटक नै पाउने गरेका छन् ।

यो तोरी पर्यटन पनि यसको पछिल्लो एउटा उदाहरण हो । जसले अहिले बागलुंग, पर्वत र म्याग्दीका युवायुवतीहरुलाई तस्बिर सेल्फी खिच्न तथा टिकटक बनाउनकै लागि यहाँ जम्मा गरिदिएको छ । यसैलाई अहिले गाउँघरतिर तोरी पर्यटन भनेर नाम राख्ने गरिएको छ ।