२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपेन्द्रले यूएईमा हुने आइएल टी-२० खेल्ने



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले यूएईको आइएल टि-२० प्रतियोगिता खेल्ने भएका छन् ।

उनी आइएल टि-२० मा गल्फ जायन्टसमा अनुबन्धित भएका नेपाल क्रिकेट संघ (क्यान) ले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।

दीपेन्द्र आज नै त्यसतर्फ प्रस्थान गर्दैछन् । आइएल टी-२० का लागि आवद्ध भएकोमा खुसी व्यक्त गर्दै उनले भने्, ‘म गल्फ जायन्टको हिस्सा हुन पाउँदा खुसी छु । यो मेरो लागि राम्रो अवसर हो र टोलीको लागि सक्दो योगदान गर्ने प्रयास गर्नेछु । मेरो क्षमतामा विश्वास गरेकोमा टोलीलाई धन्यवाद ।’

दीपेन्द्रलाई टियू मैदानमा जारी क्यानडाविरुद्धको ओडिआई सिरिजमा विश्राम दिईएको छ । उनी आज नै त्यसतर्फ प्रस्थान गर्दैछन् ।