• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

क्यानडाविरुद्ध नेपालले छ विकेट गुमायो



काठमाडौँ । क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले छ विकेट गुमाएको छ ।

नेपालले छैठौँ विकेटमा आरीफ शेखलाई गुमाएको हो । उनी ५० बलमा ४ चौका प्रहार गर्दै ३८ रन बनाएर आउट भए ।

यसअघि कुशल मल्ल (३२) भीम सार्की (१७), कुशल भुर्तेल (६२), आसिफ शेख (८) र रोहित पौडेल (८) आउट भएका थिए ।

अहिले क्रिजमा पवन शराफ र सोमपाल कामि रहेका छन् । ताजा स्थितीमा नेपालले ३९ ओभरमा ६ विकेट गुमाएर १७४ रन बनाएको छ ।