• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

पहिलो पटक नम्बर १ बलर बने जसप्रित बुमराह, भारतले रच्यो इतिहास



एजेन्सी । भारतीय बलर जसप्रित बुमराहले आईसीसीले बुधबार सार्वजनिक गरेको पछिल्लो टेस्ट वरियतामा नम्बर १ मा स्थान बनाएका छन् । बुमराह नम्बर १ बनेसँगै भारतले इतिहास रच्यो ।

आईसीसी टेस्ट वरियतामा कुनै भारतीय फास्ट बलर शीर्ष स्थानमा पुगेको यो पहिलो पटक हो । जसप्रित बुमराहले विशाखापट्टनम टेस्टमा इंग्ल्याण्डविरुद्ध कुल ९ विकेट लिएका थिए जसका कारण उनलाई धेरै फाइदा भयो ।

बुमराहको उत्कृष्ट प्रदर्शनको आधारमा भारतले दोस्रो टेस्टमा इंग्ल्यान्डलाई १०६ रनले पराजित गर्दै शृङ्खला १–१ को बराबरी गरेको छ । यस प्रदर्शनका आधारमा बुमराहले तीन स्थान सुधार गर्दै बलिङ वरियतामा शीर्ष स्थानमा पुगेका छन् । तर, बुमराहको फाइदाका कारण रविचन्द्रन आश्विनलाई ठूलो घाटा भयो ।

रविचन्द्रन आश्विन गत मार्चदेखि शीर्ष स्थानमा थिए । उनले इङ्ल्यान्डविरुद्धको दोस्रो टेस्टमा मात्र तीन विकेट लिन सके र जसका कारण उनले दुई स्थान गुमाए । आश्विन पछिल्लो वरियतामा दुई स्थान झर्दै तेस्रो स्थानमा पुगेका छन् । दक्षिण अफ्रिकाका फास्ट बलर कागिसो रबाडा दोस्रो स्थानमा यथावत छन् ।