• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   जिल्ला न्यायाधीशको लिखित परीक्षामा आठ उत्तीर्ण ★   ‘काठमाडौँ स्कुल अफ ल’ र भाषा आयोगबीच भाषा संरक्षणका पक्षमा सम्झौता ★   हवाई उडानका लागि उड्डयन मौसम सेवा महत्वपूर्ण छ: मन्त्री बस्नेत ★   कोशी सरकार विरुद्धको रिट हेर्दाहेर्दैमा ★   कुमारीको मनोभावमा आधारित नाटक ‘अग्निच्क्षु’ मञ्चित ★   रूग्ण उद्योग पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौँः प्रधानमन्त्री ★   विपद्लाई निमिट्यान्न गर्न सकिँदैन, न्युनिकरणका लागि सबै एक हुनुको विकल्प छैनः अध्यक्ष नेपाल ★   राष्ट्रपति पौडेलसँग महानिर्देशक हुंग्बोको शिष्टाचार भेट ★   जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध सुमधुर हुन आवश्यकः उपसभापति खड्का ★   अस्ट्रेलियाको भरमा इंग्ल्याण्ड टोली, अष्ट्रेलियाले उतार्ला कि पछार्ला ?

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पीडितमैत्री हुनुपर्छ: रवि लामिछाने



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संक्रमणकालिन न्याय सम्बन्धी विधेयक (टिआरसी) पीडितमैत्री हुनुपर्ने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सो विधेयक पीडितमैत्री र अन्तर्राष्ट्रिय मानव अधिकारको विषयलाई मध्यनजर गर्दै आए आफ्नो पार्टी सरकारलाई त्यो विधेयक पारित गराउन सहयोग गर्ने बताउनुभएको हो । सभापति लामिछानेले सहकारी सम्बन्धि समस्या समाधान गर्न आफ्नो पार्टीले योजना तय गरेको त्यो प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाउन लागिएको पनि बताउनु भयो । उहाँले स्थानीय सरकारको सबलीकरण र मुलुकमा विद्यमान कुशासन र दण्डहिनताविरुद्ध आफूहरुले संसदमा आवाज उठाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

सभापति लामिछानेले भन्नुभयो, ‘हाम्रा केही प्राथमिकताहरु छन । स्थानीय सरकारको सबलीकरण र टिआरसी पीडितमैत्री हुने र अन्तर्राष्ट्रिय मानव अधिकारको विषयलाई मध्यनजर राख्दै हुने विषयमा रास्वपा सघाउन तयार छ । त्यसैगरी सर्वव्यापी कुशासन र दण्डहिनता विरुद्ध हामी यस पटक सदनमा हामी आवाज उठाउँछौं । आर्थिक पुन:उत्थान तथा युवा उद्यमशीलतामा केन्द्रित नीति निर्माणमा हामी यस पटक पहल गर्नेछौं ।’

त्यस अवसरमा सभापति लामिछानेले दलीत, मुसहर बस्तीमा सर्वदलीय बैठक आह्वान गरी मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्ने प्रश्ताव समेत राख्नुभयो ।