• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

नेपालसँग खेल्ने क्यानडाको टोलीमा को–को छन् ?



काठमाडौँ । नेपालविरुद्धको तीन ओडीआई खेलको सिरिजका लागि क्यानडाले अन्तिम टोली घोषणा गरेको छ । साद बिन जाफरको कप्तानीमा नेपालका पूर्व प्रशिक्षक पुबुदु दसानायिकेले १५ सदस्यीय टोली घोषणा गरेका हुन् ।

नेपाल र क्यानडाबीच माघ २५, २७ र २९ मा त्रिवि क्रिकेट मैदानमा खेल हुँदैछ ।

नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज नेदरल्यान्ड्स र नामिबियासँग खेल्नु अघि क्यानडासँग तयारी स्वरुप तीन खेलको सिरिज खेल्न लागेको हो ।

क्यानडासँग खेल्नका लागि नेपालले यसअघि नै टोली घोषणा गरि सकेको छ ।

क्यानडाको टोली:
साद बिन जाफर (कप्तान), आरोन जोनसन, डिलोन हेलिगर, दिलप्रीत बाजवा, हर्ष ठकेर, कलिम साना, नभनीत धलिवाल, निकोलस किर्टोन, निखिल दत्त, परगत सिंह, शाहिद अहमड्जाई, श्रेयस मोभा, श्रीमन्था विजयरत्ने, ईश्वरजोत सोही र उदय भगवान ।