१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो एक सातामा २५२ कन्टेनर कोरला पुगे पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणाः शिक्षामन्त्री पोखरेल पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अहिलेको सरकार जस्तो नालायक र गतिहीन इतिहासमा कुनै थिएन: गोकुल बास्कोटा



अ+ अ-

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले अहिलेको सरकारजस्तो नालायक र गतिहीन अरु कुनै नभएको टिप्पणी गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले यो भन्दा जवाफदेहीविहीन सरकार इतिहासमा कहिल्यै नभएको बताए ।

कान र आखाँ नभएको सरकार भन्दै उनले भने, ‘यो भन्दा नालायक, गतिहीन, जवाफदेहिताविहीन इतिहासमा कहिल्यै थिएन। जसको न कान छ न आँखा छ। कहिले सुन्छ सरकारले ?  सुन्या छ कि छैन ? सुन्या भए जवाफ चाहियो।’

उनले धुलिखेल पाँचखाल सडक कहिले बन्ने भन्दै पश्न समेत गरे । उनले भने, ‘प्रधानमन्त्री प्रचण्ड पाँचखाल जानुभयो र आफ्नो ड्राइभरलाई सोध्नुभयो यो बाटो यस्तो होला भन्ने मैले सोचेको थिएन। धन्न हाम्रो देशको प्रधानमन्त्री। अर्थमन्त्री नगरकोट भएर मेरो नगरमा जानुभयो, भौतिक मन्त्री यही हुनुहुन्छ। उहाँलाई चार पटक भने आज बाटो बन्दैन किने ?’