काठमाडौं । पूर्वप्रधानमन्त्री एबं जनता समाजबादी पार्टीका जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य भीम रावललाई नक्कली 'पिएचडीधारी' भएको आरोप लगाउनु भएको छ ।
नेता राबलले अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता पारित नगर्न भन्दै प्रधानमन्त्री ,सभामुख र सांसदहरुलाई खुलापत्र सार्बजनिक गरेपछि नेता भट्टराईले डा रावललाई यस्तो आरोप लगाउनु भएको हो । नेता रावलले एमसीसीका बारेमा गोप्य संम्झौताहरु भएको आशंका गर्ने ती सबै सार्बजनिक हुनु पर्ने माग गर्नुभएको थियो ।
उहाँको माग प्रति सामाजिक संञ्जालमार्फत टिप्पणी गर्दे नेता भट्टराईले लेख्नुभएको छ यी कण भिम रावलले 'पिचडी' गरेको भनेर नामको अगाडी 'डा' पनि भुण्डाउँछन् ! बिद्यावारिधी गर्दा कसैबारे कुनै दावी गरियो भने त्यसको श्रोत र मिति खुलाउनु पर्छ । उनले दावी गरे जस्तो बाबुरामले गोप्य रुपमा एससीसी सम्झौता गरेको हो भने कहिले र कहाँ कसरी खुलाउनु पर्देन ? कि यी नक्कली 'पिएचडी' हुन् !