२८ मंसिर २०८२, आईतवार
,
Latest
एमाले केन्द्रीय कमिटी बैठक बस्दै,विधान संशोधन प्रस्ताव लगिने बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’ पर्यटन सबलीकरणका लागि कर्ण शाक्यका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत नवौं पटक यू–१९ विश्वकपको फाइनलमा



अ+ अ-

एजेन्सी । आयोजक दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गर्दै भारत यू–१९ विश्वकपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार अफ्रिकालाई हराउँदै भारत नवौं पटक आईसीसी प्रतियोगिताको फाइनलमा पुगेको हो ।

फेब्रुअरी ११ मा भारतले फाइनलमा दोस्रो सेमिफाइनलको विजेता टोलीसँग खेल्नेछ । दोस्रो सेमिफाइनल पाकिस्तान र अष्ट्रेलियाबीच फेब्रुअरी ८ मा हुनेछ । पाँच पटक उपाधि जितेको भारत प्रतियोगिताको सबैभन्दा सफल टोली हो ।

बेनोनी मैदानमा आयोजकले दिएको २४५ रनको लक्ष्य भारतीय टोलीले ४८ दशमलव ५ ओभरमा ८ विकेट गुमाएर पुरा गरेको थियो । यस रन चेजमा सचिन धास (९६ रन) र कप्तान उदय सहारन (८१ रन) को साझेदारीले महत्वपूर्ण भूमिका खेलेको थियो । दुवैले पाँचौं विकेटका लागि १ सय ७१ रन जोडे । भारतीय टोलीले ३२ रनमा ४ विकेट गुमाएको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकी टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २४४ रन बनाएको थियो । लुआन–ड्रे प्रिटोरियस (७६ रन) र रिचर्ड सेलेटस्वेन (६४ रन)ले अर्धशतक बनाए । भारतका राज लिम्बानीले तीन विकेट लिए । मुशीर खानले दुईवटा सफलता हात पारे । खेलको प्लेयर अफ दि म्याच कप्तान उदय सहारन (८१ रन) भए ।

भारतीय कप्तान उदय सहारन र सचिन धासबीच ५औं विकेटका लागि १७१ रनको साझेदारी भएको थियो । यो साझेदारीले २ रेकर्ड तोडेको छ ।

उदय–सचिनको साझेदारी युथ ओडिआईमा अन्डर–१९ उमेर समूहमा नम्बर ५ मा भएको सबैभन्दा ठूलो साझेदारी हो । यो साझेदारीले भारतको सरफराज खान र रिक्की भुईले बनाएको १५९ रनको कीर्तिमान तोड्यो ।

यस्तै, उदय–सचिनको साझेदारी युथ ओडिआईमा अन्डर–१९ उमेर समूहमा नम्बर ५ मा भएको सबैभन्दा ठूलो साझेदारी हो । यो साझेदारीले बंगलादेशका तौहित हुदे र शमीम हुसैनको कीर्तिमान तोड्यो । दुवैले १६१ रनको साझेदारीको कीर्तिमान राखेका थिए ।