२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत नवौं पटक यू–१९ विश्वकपको फाइनलमा



अ+ अ-

एजेन्सी । आयोजक दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गर्दै भारत यू–१९ विश्वकपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार अफ्रिकालाई हराउँदै भारत नवौं पटक आईसीसी प्रतियोगिताको फाइनलमा पुगेको हो ।

फेब्रुअरी ११ मा भारतले फाइनलमा दोस्रो सेमिफाइनलको विजेता टोलीसँग खेल्नेछ । दोस्रो सेमिफाइनल पाकिस्तान र अष्ट्रेलियाबीच फेब्रुअरी ८ मा हुनेछ । पाँच पटक उपाधि जितेको भारत प्रतियोगिताको सबैभन्दा सफल टोली हो ।

बेनोनी मैदानमा आयोजकले दिएको २४५ रनको लक्ष्य भारतीय टोलीले ४८ दशमलव ५ ओभरमा ८ विकेट गुमाएर पुरा गरेको थियो । यस रन चेजमा सचिन धास (९६ रन) र कप्तान उदय सहारन (८१ रन) को साझेदारीले महत्वपूर्ण भूमिका खेलेको थियो । दुवैले पाँचौं विकेटका लागि १ सय ७१ रन जोडे । भारतीय टोलीले ३२ रनमा ४ विकेट गुमाएको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकी टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २४४ रन बनाएको थियो । लुआन–ड्रे प्रिटोरियस (७६ रन) र रिचर्ड सेलेटस्वेन (६४ रन)ले अर्धशतक बनाए । भारतका राज लिम्बानीले तीन विकेट लिए । मुशीर खानले दुईवटा सफलता हात पारे । खेलको प्लेयर अफ दि म्याच कप्तान उदय सहारन (८१ रन) भए ।

भारतीय कप्तान उदय सहारन र सचिन धासबीच ५औं विकेटका लागि १७१ रनको साझेदारी भएको थियो । यो साझेदारीले २ रेकर्ड तोडेको छ ।

उदय–सचिनको साझेदारी युथ ओडिआईमा अन्डर–१९ उमेर समूहमा नम्बर ५ मा भएको सबैभन्दा ठूलो साझेदारी हो । यो साझेदारीले भारतको सरफराज खान र रिक्की भुईले बनाएको १५९ रनको कीर्तिमान तोड्यो ।

यस्तै, उदय–सचिनको साझेदारी युथ ओडिआईमा अन्डर–१९ उमेर समूहमा नम्बर ५ मा भएको सबैभन्दा ठूलो साझेदारी हो । यो साझेदारीले बंगलादेशका तौहित हुदे र शमीम हुसैनको कीर्तिमान तोड्यो । दुवैले १६१ रनको साझेदारीको कीर्तिमान राखेका थिए ।