७ श्रावण २०८३, बिहीबार
,
Latest
बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान शैक्षिक परामर्श नियमावलीमा देखिएका त्रुटी सच्याउन सरकार तयार पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने पेस्की असुलीमा कडाइ गर्दै प्रदेश खेलकुद विकास बोर्ड गण्डकीका दुई मन्त्रालयको वार्षिक प्रगति समीक्षा व्यवसायी शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश ‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिजिट भिसा प्रकरणमा चार जनालाई थुनामा पठाउन अदालतकाे आदेश



अ+ अ-

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर भिजिट भिसामा नेपालीलाई विभिन्न देशमा पठाएको आरोपमा अध्यागमन अधिकृतसहित चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश कपिलमणि गौतमको एकल इजलासले आज अधिकृत नरवीर खड्का, अरुण दाहाल, सरोजकुमार यादव र मनोज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । उक्त प्रकरणमा अन्य ६ जनासँग अदालतले धरौटी माग गरेको छ ।

उक्त प्रकरणमा पक्राउ परेकी गीता शाहसँग रु पाँच लाख, पदम लामासँग रु एक लाख, विनोद कार्कीसँग रु दुई लाख तथा दिनेश ज्ञवाली र रामप्रसाद भण्डारीसँग रु सात/सात लाख र रविन अर्यालसँग रु एक लाख धरौटी माग गर्ने आदेश दिएको छ ।

भिजिट भिसामा युवालाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा नौ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध यही माघ १८ गते सरकारी कागजात किर्ते गरी सङ्गठित अपराध गरेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालयले फरार रहेका १२ जनासहित २२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

अध्यागमन अधिकृत खड्कालाई गत मङ्सिर १८ गते सरकारी कागजात कीर्ते गरी नेपाली नागरिकलाई भिजिट भिसामार्फत विदेश पठाउने गिरोहमा सक्रिय रहेको आरोपमा पक्राउ गरिएको थियो । रासस