१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

विश्वविद्यालय खेलकुदमा टीयू च्याम्पियन

विश्वविद्यालय खेलकुदमा टीयू च्याम्पियन
अ अ+ अ-

काठमाडौं: त्रिभूवन विश्वविद्यालय (टीयू) ले प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । २३ स्वर्ण समावेश प्रतियोगितामा टीयू सर्वाधिक १८ स्वर्ण जित्दै समग्रमा टिम च्याम्पियन बन्यो । टीयूले ८ रजत र ३ कांस्य पनि जित्यो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा सुदूरपश्चिम विश्वविद्यालय ३ स्वर्ण, ४ रजत र ९ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको लुम्बिनी बौद्ध विश्वविद्यालयले १ स्वर्ण तथा समान २–२ रजत र कांस्य हात पार्‍यो । बाँकी १ स्वर्ण नेपाल संस्कृत विश्वविद्यालयले हात पार्‍यो । नेपाल संस्कृतले थप १–१ रजत र कांस्य पनि जित्यो ।

विभिन्न ४ खेल समावेश प्रतियोगिताको एथलेटिक्सको दोश्रो दिन टीयूले थप ४ स्वर्ण जित्यो । टीयूले पहिलो दिन ५ स्वर्ण जितेको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको १ सय मिटर दौडको पुरुषमा सुदूरपश्चिमका मुकेश विष्ट र महिलामा लुम्बिनीकी अनिशा कुँवर क्षेत्री, सटपुटको पुरुषमा टीयूका वीरेन्द्र कुँवर र महिलामा टीयूकी संचिता घिमिरे तथा ८ सय मिटर दौडको पुरुषमा टीयूका विकेश घिमिरे र महिलामा टीयूकी राज्यलक्ष्मी राउतले स्वर्ण जिते ।

ब्याडमिन्टनमा टीयूकोकै वर्चस्व रह्यो । पाँच स्पर्धामा प्रतिस्पर्धा भएको ब्याडमिन्टनमा टीयूले ४ स्वर्ण जित्यो । सुदूरपश्चिमले १ स्वर्ण हात पार्‍यो ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको पुरुष सिंगल्समा टीयूका सुनिल कार्की, महिला सिंगल्समा टीयूकी निसम सुब्बा, पुरुष डबल्समा सुदूरपश्चिमका पुस्करराज भट्ट र प्रकाश विष्ट, महिला डबल्समा टीयूका इस्मिता बढुवाल र निसम सुब्बा तथा मिक्स डबल्समा टीयूका सुनिल कार्की र निसम सुब्बाले पहिलो स्थान हात पारे ।

टेबलटेनिसको पुरुष सिंगल्समा नेपाल संस्कृतका गनन्जय दाहाल तथा महिला सिंगल्समा लस्ता महर्जनले स्वर्ण जिते । दुवै टीयूका हुन् ।

पुरुष भलिबलको उपाधिमाथि पनि टीयूले नै कब्जा गर्‍यो । जावलाखेलस्थित राष्ट्रिय खेलकुद प्रशिक्षण केन्द्रमा भएको फाइनलमा टीयूले मध्यपश्चिम विश्वविद्यालयलाई २५–१८ र २५–१६ को सोझो सेटमा पराजित गर्‍यो । पोखरा विश्वविद्यालयले कृषि तथा वन विश्वविद्यालयलाई १७–२५, २५–१७ र १५–७ ले हराउदै तेश्रो भयो ।

विजेतालाई राखेपका उपाध्यक्ष शिव कोइराला, निमित्त सदस्य–सचिव प्रकाशकुमार कुसारी, सदस्य पेमा डोल्मा लामा, त्रिभूवन विश्वविद्यालयका खेलकुद निर्देशक पशुपति अधिकारी, गण्डकी विश्वविद्यालयका खेलकुद संयोजक डा. मधुसदन सुवेदी, काठमाडौं विश्वविद्यालयका खेलकुद निर्देशक राजेन्द्र जोशी, प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा १० विश्वविद्यालयका २ सय ८० खेलाडी सहभागी थिए ।