१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

ललितपुर महानगरद्वारा नगर प्रहरी सूचना केन्द्र स्थापना (भिडियो सहित)

ललितपुर महानगरद्वारा नगर प्रहरी सूचना केन्द्र स्थापना (भिडियो सहित)
अ अ+ अ-

ललितपुर । ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्रका सात स्थानमा नगर प्रहरी  सूचना केन्द्र स्थापना गर्ने  भएको छ । मंगलबार ललितपुरमा एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नगर प्रहरी सूचना केन्द्रको उद्घाटन गर्नुभएको हो । 

सूचना केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै मेयर महर्जनले ललितपुर महानगरपालिकालाई स्मार्ट सिटि बनाउनको लागि सूचना केन्द्र पहिलो माध्यम भएको बताउनु भयो । उहाँले महानगरपालिकालाई स्मार्ट सिटि बनाउनको लागि महानगरले एकपछि अर्को काम निरन्तर रुपमा गर्दै आएको पनि बताउनुभयो । मेयर महर्जनले हेर्दा सानो देखिए पनि यो सूचना केन्द्र अत्यन्तै महत्वपूर्ण रहेको बताउनु भयो । महानगरपालिका भित्रको सात स्थानमा यस्तो खालको सूचना केन्द्र स्थापना गरिने उहाँको भनाई छ ।

मेयर महर्जनले भन्नुभयो,‘ललितपुर महानगरपालिकाले ललितपुर महानगरलाई स्मार्ट सिटि बनाउने गरी विभिन्न काम गर्दै आएको छ । स्मार्ट सिटि बनाउनको लागि महानगरले धेरै कामहरु गरेका छन् । तर, महानगरले सबै काम एकै पटक गर्न सक्दैन । विस्तारै महानगरलाई स्मार्ट सिटि बनाउने गरी काम गर्दै जान्छौँ । १८ वर्षसम्म स्थानीय निकायको चुनाव नभएकाले चुनावपछि ललितपुर महानगरपालिका भित्र गर्नु पर्ने धेरै कामहरु थिए । केही कामहरु महानगरपालिकाले शुरुवात गरेको छ । अहिले ललितपुर महानगरपालिकाको २९ वटै वडामा कायरपल्ट हुने गरी विकास निर्माणको कामहरु भएको छ । सम्पदा संरक्षण देखि हरेक क्षेत्रमा राम्रो कामहरु भएको छ । महानगरलाई स्मार्ट सिटि बनाउने अवयवहरु धेरै रहेका छन । त्यी मध्ये एक, एउटा काम निरन्तर रुपमा महानगरले गर्दै गएको छ । त्यसैको एउटा काम यो नगर प्रहरी सूचना केन्द्र हो । यो हेर्दा र देख्दा सानो भए पनि यसको महत्व ठूलो रहेको छ । विश्वका विकसित मुलुकका शहरमा यस्तो सूचना केन्द्रहरु राखिएको हुन्छ । त्यही अनुसार महानगरपालिकाले शुरु गरेको छ । अब महानगर क्षेत्रका विभिन्न स्थानमा सूचना केन्द्रहरु राखिने छ । स्मार्ट सिटि बनाउनको लागि अत्यन्तै महत्वपूर्ण पक्ष सूचना केन्द्र भएकाले यसको स्थापना गरिएको हो । यो सूचना केन्द्र सानो देखिए पनि मेयरले गर्ने काम गर्ने जस्तो भएको छ ।’

त्यस्तै मेयर महर्जनले ललितपुर महानगरपालिका क्षेत्रभित्रका सडकमा ट्राफिक लाइटको समस्या रहेकाले महानगरपालिका भित्रका ६ वटा मुख्य–मुख्य चोकमा ट्राफिक लाइट जडान गर्ने तयारीमा महानगरपालिका रहेको बताउनु भयो । उहाँले अगाडि नै लाइट जडान गर्ने टेण्डर गरेपनि अख्तियार परेको कारण काम गर्न नकिएको बताउनु भयो । तर अहिले अख्तियारलाई स्पष्ट बनाएर अहिले ट्राफिक लाइट जडानको लागि ठेक्का समेत स्वीकृत भएकाले चाडै लाइट जडान गरिने मेयर महर्जनले बताउनु भयो । अब जडान गरिने लाइट नयाँ टेक्नोलोजी अनुसारको ट्राफिक जाम लाइटले नै व्यवस्थापन गर्ने मेयर महर्जनको भनाई छ । मेयर महर्जनले भन्नुभयो,‘ महानगरपालिका क्षेत्रभित्र ट्राफिक लाइटको एकदमै समस्या रहेको छ । ट्राफिक लाइट जडानको लागि महानगरले पहल गरिरहेको छ । अहिले लाइट जडान हुने क्रममा पुग्ने थियो । तर ,महानगरले ट्राफिक लाइट टेण्डर निकाल्दा अख्तियारमा पुगेकाले रोकिएको थियो । अहिले अख्तियारबाट स्पष्ट बनाएर ठेक्का स्वीकृत भइसकेको छ । अब ललितपुर महानगरको मुख्य–मुख्य चोकहरुमा ट्राफिक लाइट जडान गर्ने तयारीमा छौँ । महानगरपालिकाले जडान गर्न लागिएको ट्राफिक लाइट चान्चुने होइन यो २१ औँ शताब्दीको नयाँ टेक्नोलोजी हो । जावालाखेलमा राख्ने ट्राफिक लाइटले अन्य पाँच वटा ट्राफिक लाइटलाई कन्टोल गर्छ । कुन स्थानमा ट्राफिक जाम भएको छ । लाइटले नै व्यवस्थापन गर्ने गर्छ । यो लाइट जडान गरेपछि चोकमा ट्राफिक प्रहरी बसिराख्नु आवश्यक पदैन ।’

ललितपुर महानगरपालिकाले महानगरले गरेका कामको विषयमा सर्वसाधरणलाई सहजै जानकारी दिने तथा कुन शीर्षकको राजश्व कति तिर्नु पर्ने लगायतको जानकारी दिने गरी जावलाखेल, लगनखेल, हरिसिद्धि, धापाखेल, नखिपोट, भैंसिपाटी, सानेपा, रिङ्गरोड भित्र ३ र रिङ्गरोड बाहिर ४ स्थानमा नगर प्रहरी सूचना केन्द्र राख्ने भएको छ ।